प्रधानमन्त्री कपमा आज चार खेल : कुन-कुन टोली भिड्दैछन् ? « Khabarhub

प्रधानमन्त्री कपमा आज चार खेल : कुन-कुन टोली भिड्दैछन् ?


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा आज (शुक्रबार) चार खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदान र मुलपानीस्थित माथिल्लो मैदानमा २/२ खेल हुनेछन् ।

टियुमा बिहान सवा ९ बजे हुने खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन् भने सोही समय मुलपानीमा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।

दिउँसो १ बजे टियुमा हुने दोस्रो खेलमा प्रदेश २ र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । सोही समयमा मुलपानीमा एपीएफ र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै पुलिस ४ अंकसहित शीर्ष स्थानमा छ । ३ खेलबाट ३ अंक बनाएको आर्मी दोस्रो स्थानमा छ । २ अंकको सुदूरश्चिम प्रदेश र कर्णाली प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा छन् भने १ अंकको प्रदेश नम्बर एक पुछारमा छ ।

समूह ‘बी’ मा ३ खेलमा सतप्रतिशत जित निकालेको एपीएफ ६ अंक सहित शीर्ष स्थानमा छ । २ अंक भएका बागमती, लुम्बिनी र प्रदेश नम्बर २ क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । गण्डकी प्रदेश भने बिना अंक पुछारमा छ ।

दुबै समूहका शीर्ष दुई क्लब सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ९ : २१ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा