जुम्लामा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण, व्यवसायी भन्छन्- मान्दैनौं « Khabarhub

जुम्लामा सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारण, व्यवसायी भन्छन्- मान्दैनौं


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा सार्वजनिक यातायातको भाडादर निर्धारण गरिएको छ । यातायात व्यवस्था कार्यालयले जुम्लामा गुड्ने साना तथा ठूला यात्रुबाहक सवारीको भाडादर निर्धारण गरेको हो ।

अब जुम्लादेखि मान्मासम्म बसयात्रा गर्दा ४४० रुपैयाँ तिर्नुपर्नेछ भने मिनिबसमा ५४० रुपैयाँ खर्चनुपर्नेछ । जीपमा जाँदा भने ६३५ रुपैयाँ भाडा पर्ने भएको छ ।

जुम्ला-सुर्खेत बसमा ८४० रुपैयाँ भाडा निर्धारण गरिएको छ भने मिनिबसमा १ हजार ३० रुपैयाँ कायम भएको छ । जीपमा जाँदा झन बढी १ हजार २ सय ९ रुपैयाँ तिर्नुपर्नेछ। जुम्लादेखि काठमाडौँको बस भाडा १ हजार २ सय ८३ निर्धारण गरिएको छ । डिलक्स र एसी बसको भाडा अझ बढी हुन्छ ।

छोटो दूरीमा जुम्लादेखि उम्गाडसम्म बस भाडा २७ रुपैयाँ कायम भएको छ भने जीप-भ्यान ४० रुपैयाँ तिर्नुपर्नेछ । जुम्लादेखि लाम्रा सम्म बस भाडा ४४ र जट्ठप भ्यानमा ६४ रुपैयाँ कायम भएको छ । जुम्लादेखि तातोपानी बस भाडा ६५ र जीप-भ्यान ९६ कायम भएको छ ।

जुम्लादेखि कुडारीसम्म बसमा १०८ र जिप भ्यानमा १६० रुपैयाँ भाडा निर्धारण गरिएको छ । जुम्लादेखि रारालिहिसम्म बस भाडा १३५ र जीप-भ्यान भाडा २ सय रहेको छ ।

जुम्ला बजारदेखि नाग्मसम्म बस भाडा १७३ हुँदा जिपमा यात्रा गर्दा २५६ रुपैयाँ तिर्नुपर्ने यातायात व्यवस्था सेवा कार्यालय जुम्लाका सूचना अधिकारी लोकबहादुर महतले बताए ।

उनका अनुसार छोटो दूरीमा चल्ने अटो रिक्साको भाडा ४० देखि बढीमा ७० रुपैयाँसम्म कायम गरिएको छ ।

सरकारले निर्धारण गरेको भाडादर लागू नगर्ने व्यवसायीको अडान

यातायात व्यवसायिकले भने सरकारबाट निर्धारण भएको भाडादर कार्यान्वयन हुन नसक्ने बताउँदै आएका छन् । तिला कर्णाली यातायातका इन्चार्ज इन्द्र थापाले डिजेल, पाटपूर्जाको भाउ बढेका बेला सरकारी भाडादर निकै कम भएको बताए ।

विगतमा छोटो दूरीमा कम्तिमा ६० र लामो दूरीमा १ हजार ५ सय कायम हुनुपर्ने उनको माग छ । सरकारी भाडादर लागू गर्न नसकिने उनले बताए ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईँले सरकारले निर्धारण गरेको भाडादर यथाशीघ्र कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ५३ बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स