साउदीमा ६० नेपाली युवाको गुनासो- सम्झौता अनुसारको सेवा सुविधा पाएनौँ « Khabarhub

साउदीमा ६० नेपाली युवाको गुनासो- सम्झौता अनुसारको सेवा सुविधा पाएनौँ



दोहा– वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सोच हुन्छ, टन्न पैसा कमाउने र सुखी जीवन जिउने । आमा बुबाको सपना पूरा गरी परिवार सदस्यलाई खुसी बनाउने । यही अभिप्राय: बोकेर विदेशिएको युवाले दिनरात नभनी विदेशी भूमीमा दु:ख गर्छ ।

बेरोजगारीको पीडा सहन नसकी भएको पैसा लगानी गरी वैदेशिक रोजगारीमा जाने अधिकांश युवाको विदेशी भूमीमा पुगेपछि सपनामा ठेस लाग्न थाल्छ । मेनपावर कम्पनीसँग भएको सम्झौता अनुसारको काम हुँदैन । काम भएपनि सम्झौता अनुसारको तलब तथा सेवा सुविधा पाइँदैन ।

अहिले यही समस्यामा रुमलिएका छन् साउदी पुगेका ६० नेपाली युवा । नेपालमा सम्झौता गरिए अनुसारको तलव सुविधा नपाएपछि उनीहरु समस्यामा छन् ।

विगत ५ महिनाअघि मात्र काठमाडौँको ह्युमर ओभरसिजमार्फत साउदी पुगेका उनीहरुले सम्झौता अनुसारको सेवा सुविधा नभएको भन्दै गुनासो गर्न थालेका छन् ।

आफूहरुले सम्बन्धित निकायलाई गुनासो गर्दा सुनुवाइ नभएको भन्दै सामाजिक सञ्जालमार्फत पीडा सार्वजनिक गर्न थालेका छन् ।

साउदीको तैफ मरकजस्थित अफ्रास ट्रेडिङ एण्ड कन्ट्र्याक्टिङ कम्पनीमा प्रतिमहिना १ हजार ५ सय साउदी रियाल र खाने बस्ने राम्रो सुविधा रहेको भन्दै म्यानपावर कम्पनीले जनही १ लाख ९० हजार लिएर पठाए पनि सो अनुसारको सेवा नपाएको पीडितमध्येका एकले बताए ।

‘मेनपावरले खानबस्नसहित १ हजार ५ सय रियाल हुने सम्झौता गरेर पठाएको भएपनि यहाँ कम्पनीले १ हजार २ सय मात्र दिन्छ’ ती युवाले खबरहबसँग भने, ‘एक पटक खाना दिए पनि कहिल्यै समयमा दिँदैनन्, कति दिन त खानै पाइएन । कहिले काम सकिएर फर्किन बेलामा खाना आउँछ। काम गर्न पनि कठिन छ ।’

‘आफूहरुलाई सर्त अनुसार तलव सुविधा नदिएको बारे मेनपावरलाई जानकारी गराउँदा एजेन्टलाई भन भन्छ,’ अर्का पीडित युवकले भने, ‘एजेन्टलाई सम्पर्क गर्दा कहिल्यै फोन उठ्दैन् घरबाट फोन गर्न लगाउदा पनि नम्बरलाई ब्लक लिष्टमा राखिदिएको रहेछ ।’

मेनपावर कम्पनी र एजेन्ट मिलेर आफूहरुलाई ठगी गरेको उनीहरुको बुझाइ छ । ह्युमर म्यानपावर र एजेन्टले फसाएको ती युवाले बताए । साउदीमा समस्यामा परेका युवाले रियादस्थित नेपाली दूतावासमा आफूहरु समस्यामा परेको जानकारी गराएका छन् ।

ती युवाले उपलब्ध गराएको एजेन्ट राजेन्द्र ओलीको मोबाइलमा भने सम्पर्क भएको छैन । यता युवाहरुले आफूहरुले गरेको सम्झौता अनुसार काम र सेवा सुविधा हुनुपर्ने भन्दै एजेन्ट र फसाउने मेनपावर कम्पनीलाई कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ११ : ४७ बजे

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि

केराखेती प्रवर्द्धन गर्न कृष्णपुरका किसानलाई अनुदानमा बिरुवा

कञ्चनपुर– व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले

चलचित्र ‘पहाड’ मा नेपाली समाजको कथा

काठमाडौँ– निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली