भगवान भरोसामा प्रियंकाको सन्तान चाहना | Khabarhub Khabarhub

भगवान भरोसामा प्रियंकाको सन्तान चाहना


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस बलिउडको लोकप्रिय जोडीमा पर्दछन् । हालैमात्र यो जोडीले वेनिटी फेयरसँग परिवार योजनाबारे खुलेर कुराकानी गरेका छन् ।

फिल्म ‘द मेट्रिक्स’ अभिनेत्री प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको योजनाको ठूलो हिस्सा भएको बताइन् । उनका अनुसार सन्तान जन्माउन उनलाई अहिले हतारो छैन । ‘भगवानको कृपाले जहिल्यै हुन्छ, त्यहीबेला हुन्छ । सन्तान जन्मदैमा फिल्ममा काम नगर्ने भन्ने होइन । त्यो त्यही समयमा निर्णय हुन्छ । तर एउटा सत्य के हो भने बच्चा जन्मिएपछि जीवन पक्कै कम गतिमा बढ्छ’, उनले भनेकी छन् ।

प्रियंकाले व्यस्तताको बाबजुद पनि सन् २०२२ मा घरसँग दुरी नबढाउने प्रण गरेकी छन् । यहीकारण उनी अहिले जीवनलाई सन्तुलन बनाउने प्रयास गरिरहेकी छन् । ‘मैले अहिलेसम्म नगरेको काम गर्न चाहिरहेको छु, त्यही काम गर्न अहिले म व्यस्त छु’, उनी भन्छिन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : ४६ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र