भगवान भरोसामा प्रियंकाको सन्तान चाहना « Khabarhub

भगवान भरोसामा प्रियंकाको सन्तान चाहना


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस बलिउडको लोकप्रिय जोडीमा पर्दछन् । हालैमात्र यो जोडीले वेनिटी फेयरसँग परिवार योजनाबारे खुलेर कुराकानी गरेका छन् ।

फिल्म ‘द मेट्रिक्स’ अभिनेत्री प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको योजनाको ठूलो हिस्सा भएको बताइन् । उनका अनुसार सन्तान जन्माउन उनलाई अहिले हतारो छैन । ‘भगवानको कृपाले जहिल्यै हुन्छ, त्यहीबेला हुन्छ । सन्तान जन्मदैमा फिल्ममा काम नगर्ने भन्ने होइन । त्यो त्यही समयमा निर्णय हुन्छ । तर एउटा सत्य के हो भने बच्चा जन्मिएपछि जीवन पक्कै कम गतिमा बढ्छ’, उनले भनेकी छन् ।

प्रियंकाले व्यस्तताको बाबजुद पनि सन् २०२२ मा घरसँग दुरी नबढाउने प्रण गरेकी छन् । यहीकारण उनी अहिले जीवनलाई सन्तुलन बनाउने प्रयास गरिरहेकी छन् । ‘मैले अहिलेसम्म नगरेको काम गर्न चाहिरहेको छु, त्यही काम गर्न अहिले म व्यस्त छु’, उनी भन्छिन् ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १२ : ४६ बजे

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित