अम्लिसोले राम्रो मूल्य पाएपछि किसान हर्षित « Khabarhub

अम्लिसोले राम्रो मूल्य पाएपछि किसान हर्षित


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– पछिल्लो समय तेह्रथुमका किसानहरू अन्नबाली मास्दै नगदेबालीतर्फ आकर्षित हुँदै आएका छन । खाली जमिन तथा पाखोबारीमा यतिबेला अम्लिसो खेतीले भरिएका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै किसानहरू नगदेबाली रोज्दै आएका छन् ।

किसानले खेती गर्दै आएको अम्लिसोको राम्रो मूल्य पाएपछि हर्षित बनेका छन् । विगतका वर्ष अम्लिसोको मूल्य गिरावट आएसँगै निराश बनेका किसानहरू यतिबेला अम्लिसो थुत्न र बिक्री गर्न हतारोमा छन् । पशु चौपयालाई घाँससँगै फूलबाट आम्दानी लिन सकिने भएकाले पनि किसानहरूले अम्लिसो खेतीलाई रोजेका हुन् ।

अम्लिसो बेचेर राम्रै आम्दानी लिँदै आएको लालीगुराँस-५ दागपाका रमेश बस्नेतले बताए । उनी भन्छन्- ‘खेती लगाएपछि अम्लिसोलाई खासै हेरचाह गर्नु पर्दैन फूल थुतेपछि घाँस राम्रो काट्नुपर्छ त्यति मात्रै हो । अम्लिसोको फूल बिक्री नभए पनि गाईवस्तुलाई घाँस हुन्छ बहुउपयोगी खेती हो ।’ बस्नेत जस्तै आठराईका गोपाल ढकालले पनी अम्लिसो बिक्रीबाट राम्रो आम्दानी लिँर्दै आएका छन् । ढकाल तरकारी खेतीसँगै अम्लिसो खेती गर्दै आएको बताउँछन् ।

तेह्रथुमको ग्रामीण क्षेत्रमा यतिबेला अम्लिसोको फूल प्रतिकिलो एक सय २० रुपैयाँले बिक्री भइरहेको छ । गत वर्ष एक सय अधिकतम एक सय रुपैयाँमा बिक्री भएको अम्लिसो यस वर्ष पहिलो सिजनमा एक सय ५० रुपैयाँसम्म बिक्री भएको थियो ।

राम्रो मूल्य भएकाले व्यापारीहरू खरिदका लागि घरघरमा आएर लैजाने गरेको किसानहरू बताउँछन् । अम्लिसो खेतीले परिवार धान्नसमेत टेवा पुग्दै आएको छ । यहाँका किसानहरूले पाँच रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अम्लिसो खेती गर्दै आएका छन् ।

जिल्लाको ६ वटै पालिकाहरूमा अम्लिसो खेती हुँदै आएको छ । पछिल्लो समय खाली रहेका जमिनमा अम्लिसो खेतीको विस्तार हुने क्रम बढ्दो रहेको कृषि शाखाहरूले जनाएका छन् । तेह्रथुममा उत्पादन भएको अम्लिसो धनकुटा हिले र झापाको विर्तामोडसम्म बिक्री हुँदै आएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ४ : ०३ बजे

बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन

काठमाडौं– यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीसहित मुलुकभर

मन्त्रिमण्डल र पार्टी नेतृत्व फेरबदल गर्ने तयारीमा जापानी प्रधानमन्त्री

एजेन्सी– जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल

खाडी क्षेत्रले सुरक्षा मामिलामा आत्मनिर्भर बन्नुपर्छ : कतार

एजेन्सी– खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट