लिपुलेकबारे कांग्रेसले भन्यो : भारतले सडक निर्माण गर्नू आपत्तिजनक « Khabarhub

लिपुलेकबारे कांग्रेसले भन्यो : भारतले सडक निर्माण गर्नू आपत्तिजनक


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गर्नू आपत्तिजनक भएको बताएको छ । कांग्रेस महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले शुक्रबार साँझ कांग्रेसको धारणा सार्वजनिक गर्दै लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा आपत्ति प्रकट गरेका हुन् ।

कांग्रेसले लिपुलेकमा भारतले गरिरहेको सडक निर्माण गम्भीर भएको भन्दै निर्माण कार्य रोक्न माग गरेको छ । कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको भन्दै सो भूमि नेपालले उपभोग गर्न पाउनुपर्ने बताएको छ । यस्तै कालापानीबाट भारतीय सेना हट्नुपर्ने भन्दै कांग्रेसले सुगौली सन्धि दुबै देशले स्वीकारेको भन्दै सोही तथ्यमा सीमा विवाद समाधान हुनुपर्ने बताएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अगाडि लिपुलेकमा सडक विस्तारको काम भइरहेको बताएका थिए । उनको सो भनाइपछि नेपालमा त्यसको तीव्र विरोध भइरहेको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ७ : ३८ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि