सत्ता गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हान्यो : एमाले « Khabarhub

सत्ता गठबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हान्यो : एमाले


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल सत्ता गठबन्धनविरुद्ध खनिएका छन् ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि रिमालले ‘गठबन्धन’लाई ‘ठगबन्धन’को संज्ञा दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुंगा हानेको छ । ढुंगा सर्वोच्चमा बज्रिएको छ।’

उनी लेख्छन्- भनिन्छ नि- फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन ! हात छोड्नेले सोचेरै त हात छोडेका होलान् नि ? ‘

त्यस्तै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशविरुद्धको पारित नहुने महाभियोग प्रस्ताव अन्तत: सत्ता गठबन्धनलाई नै निल्नु न ओकल्नुबाहेक केही नहुने टिप्पणी गरेका छन् ।

‘जसरी २०७४ मा चुनावको मुखमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग शेरबहादुर देउवा र उहाँको पार्टीलाई महँगो सावित भएको थियो, ढुक्क भए हुन्छ- यस पटक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोगले पनि त्यसैगरी ‘ब्याक फायर’गर्नेछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ८ : ५९ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत