यस्तो छ मधुमेह ठिक गर्ने घरेलु उपचार « Khabarhub

यस्तो छ मधुमेह ठिक गर्ने घरेलु उपचार


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. दुई-दुई चम्चा करेला र अमलाको रसको मिश्रणलाई दैनिक पिउने ।

२. करेलाको रस निकाल्न नसके काँचै वा उसिनेर त्यसमा स्वादअनुसार नुन राखी खानाले वा ५ वटा ताजा बेलको पात र १० दाना मरीच मिलाएर पिसी अमलाको रसमा नियमित पिउनाले ।

३. तीतेकरेलाको जुस बनाएर नियमित बिहान खाली पेटमा एक गिलास पिउनाले वा काँचो मेवा, खयरको कत्था, सुपारीको काँडा पानी बनाई नियमित सेवन गर्नाले ।

४. जामुनको कलिला पातलाई ८–१० चम्चा पानीमा पिसेर छानी बिहान खाली पेटमा सेवन गर्नाले यस रोगबाट मुक्ति मिल्दछ ।

५. ५० ग्राम जामुनको गुदी, ५० ग्राम गुर्जोमा मिलाएर पिसेर अमलाको रसमा मिलाउने र गोली बनाई ४-४ रतिका दरले दिनमा ३ पटक ताजा महमा खानाले ।

६. दुई चिया चम्चा मेथीलाई पिसेर पानीमा भिजाउने र त्यसलाई भोलिपल्ट छानी खाली पेटमा केही महिनासम्म नियमित सेवन गर्नाले राम्रो फाइदा गर्छ ।

७. ४-५ वटा जामुनको दानालाई नियमित चपाउने वा जामुनको दानालाई सुकाई पिसी धुलो बनाउने र उक्त धुलोलाई बिहान बिहान २ चम्चाको दरले चिसो पानीमा मिलाएर सेवन गर्नाले राम्रो फाइदा गर्छ ।

८. जामुनको कलिला मुन्टा बेलको पात, गुजरगानो, गुर्जो, दूबो, निमको बोक्रालाई सुकाई पिसी धुलो बनाउने र उक्त चूर्ण चम्चालाई अमलाको रसमा मिलाएर दिनको ३ पटक खाली पेटमा सेवन गर्नाले चिनीरोग निर्मूल हुन्छ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ०१ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक