राजनीति

एमालेका असन्तुष्ट नेताहरू एकीकृत समाजवादीमा प्रवेश

By खबरहब

February 14, 2022

महोत्तरी – नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ ।

मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला एकीकृत समाजवादीले एमालेका कार्यकर्ता भित्राउन थालेको छ।

आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तानलाई काठमाडौँमा अध्यक्ष माधव नेपालले स्वागत गरे।

स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन ।

यही विवादको फाइदा एकीकृत समाजवादीले लिन थालेको छ।