बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरमा आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ बर्षीय धन बहादुर चौधरी रहेका छन् ।

उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा उनको मृत्यु भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ बर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अन टेष्ट लेखिएको जेसीबीमा ठोकिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : ०४ बजे

फेक रेस्क्यु प्रकरण : तानिँदै एकपछि अर्का पर्यटन व्यवसायी, ट्रेकिङ कम्पनी सञ्चालक पासाङ पनि पक्राउ

काठमाडौं- विदेशी पर्यटकहरूलाई नक्कली उद्धार (फेक रेस्क्यु) देखाएर बीमा रकम

पोखरीमा एक महिलाको शव भेटियो

सिरहा– यहाँको औरही गाउँपालिका-५ स्थित एक पोखरीमा आज एक महिलाको

कुष्ठ प्रभावित व्यक्तिमाथि गरिने व्यवहार सुधार्न आवश्यक : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्