खोटाङको हलेसी मन्दिर प्रवेश खुला « Khabarhub

खोटाङको हलेसी मन्दिर प्रवेश खुला


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनलाई मध्येनजर गर्दै बन्द गरिएको खोटाङको हलेसी मन्दिर प्रवेश खुला गरिएको छ ।

कोभिड–१९ को तेस्रो लहरको महामारी सुरु भएपछि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मन्दिरको गेटमा गत ७ माघमा ताला लगाइएको थियो ।

कोभिड–१९ को संक्रमण दर कम हुँदै गएपछि १ फागुनबाट त्रि-धार्मिकस्थल हलेसी मन्दिर प्रवेश खुला गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ । एक पटकमा २५ जना मात्र प्रवेश गर्न पाउने, सबैले अनिवार्य मास्क प्रयोग गर्ने, भिडभाड नगर्ने शर्तमा मन्दिर प्रवेश गर्न दिन थालिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताए ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालको संयोजकत्वमा ५ माघमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकको निर्णयअनुसार हलेसीको गेटमा तेस्रो पल्ट ताला लगाइएको थियो । पूर्वको पशुपतिनाथका रुपमा चिनिने हलेसीमा दैनिक बिहान र बेलुका हुँदैआएको पूजालाई भने निरन्तरता दिने गरी गेटमा ताला लगाइएको थियो ।

हलेसी मन्दिरको गेटमा ताला लागेको समयमा दर्शनार्थीले गेटभन्दा बाहिरबाटै दर्शन तथा पूजापाठ गरेका थिए । हलेसी मन्दिरको गेटमा लागेको ताला खुलेपछि दर्शनार्थीको आवागमन बढ्ने र व्यवसायमा सकरात्मक प्रभाव पर्नेमा होटल व्यवसायी उत्साहित छन् ।

कोभिड–१९ को महामारीका क्रममा बन्द गर्नुअगाडि हलेसी गुफा कहिल्यै बन्द भएको थिएन ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : २० बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।