अन्तर्राष्ट्रिय

भियतनामको अन्तराष्ट्रिय उडान खुल्ला

By खबरहब

February 14, 2022

भियतनाम–भियतनामले अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने भएको छ । आउँदो फेब्रुअरी १५ देखि अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने भएको हो । कोरोनाको पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुले प्रवेश गर्दा तीन दिनमात्र अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने बताइएको छ ।

भियतनामले अन्तर्राष्ट्रिय उडान सम्बन्धी नयाँ नीतिको बारेमा आफ्ना साझेदारहरुलाई जानकारी दिइसकेको छ । तर चीनले भने व्यापारिक उडान खुल्ला गर्ने विषयमा सहमत जनाएको छैन ।

कोरोना सुरु भएयता भियतनामले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । जसका कारण कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत्त हिस्सा ओगटेको त्यहाँको पर्यटन क्षेत्रमा कोरोनाले ठुलो धक्का लागेको थियो ।

हालसम्म महामारी सुरु भएयता त्यहाँ २० लाख ५० हजार मानिस कोरोना संक्रमित भएका छन् भने कोरोनाका कारण ३९ हजारले ज्यान गुमाएका छन् । कुल जनसंख्या ९ करोड ८० लाखमध्ये ९८ प्रतिशतले पूर्णमात्रा खोप लगाएका त्यहाँको आधिकारिक तथ्यांकले जनाएको छ ।