सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा | Khabarhub Khabarhub

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ ।

नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११।३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको छ । सिराहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिंलासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर र टावरहरूको संख्या ३०२ वटा छ ।

सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिंलामा १३२/३३ केभी, ३० एमभिए र ३३-११ केभी,८ एमभिए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६बाट सञ्चालनमा छ । तिंला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार छनोट भएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको बताए ।

‘सोलु नदी बेसिनमा निजी क्षेत्रका जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि पूर्वाधार तयार भएको छ, निर्माण सम्पन्न भई वर्खाको समयम पूर्ण क्षमतामा चल्न नसकेको २३।५ मेगावाटको सोलु खोला र निर्माणाधीन जलविद्युत आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत प्रवाहको समस्या समाधान भएको छ’, घिसिङले भने ।

‘आयोजनाहरको विद्युत सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा हाम्रो आफ्नै उत्पादनबाट आपूर्ति दिन सकिन्छ भने बढी भएको विद्युत ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो हुन्छ ।’

उनले तिंला सबस्टेसनबाट विद्युत आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने उल्लेख गरे ।

२३.५ मेगावाटको सोलु खोलासहित १८ मेगावाटको माथिल्लो सोलु, ८६ मेगावाटको सोलु खोला (दूधकोसी) ८२ मेगावाटको तल्लो सोलु खोलालगायतका जलविद्युत आयोजनाको विद्युत तिंला सबस्टेसनमा जोडिने छ । यही प्रसारण लाइन बन्ने भएपछि प्राधिकरणले त्यस क्षेत्रका १२ जलविद्युत आयोजनासँग ३२५ मेगावाटको विद्युत खरिद(बिक्री सम्झौता (पीपीए) गरेको छ ।

सोलु करिडोर प्रसारण लाइनको निर्माणमा केही ढिला हुने देखिएपछि २३।५ मेगावाटको सोलु खोला जलविद्युत आयोजनाको विद्युत पोहोर फागुनबाट अस्थायी रूपमा ३३ केभी लाइनमा जोडिएको थियो ।

प्रसारण लाइनको रुट सार्न माग गर्दे उदयपुरको कटारी नगरपालिका(४ मरुवामा करिब दुई वर्ष अवरोध भएको थियो । सोलु करिडोर प्रसारण लाइन आयोजना निर्माणमा धेरै ठूला समस्या र अवरोध भोगिएको र यसबाट पाठ सिक्दै अन्य आयोजनाहरु निर्माण गरिनु पर्ने आयोजना प्रमुख जनार्दन गौतमले बताए ।

प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी मोहन इनर्जीसँग २०७२को चैतमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता २०७३को असोजबाट कार्यान्वयनमा आएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १ : ०० बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लमजुङ– मध्यपहाडी लोकमार्गअन्तर्गत मध्यनेपाल नगरपालिका–१० स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो

कर्णाली विकास बैंक घोटाला : संस्थापक अध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश

नेपालगञ्ज– नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा

रजनीकान्तको भावुक खुलासा– ‘सहपाठीले भारी बोकाएर अपमान गर्‍याे’

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कुली’ को

चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लाडिमिर

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

चितवन– भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ