तीन नदीमा ७२ गोही छाडियो « Khabarhub

तीन नदीमा ७२ गोही छाडियो


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही विभिन्न नदीमा छाडिएका छन् । मङ्सिरयता ती गोही राप्ती, कोशी र नारायणी नदीमा छाडिएको हो । थप केही गोही राप्ती नदीमा छाड्ने तयारी निकुञ्जको छ । निकुञ्जको गोही प्रजनन केन्द्र हेर्दै आएका सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार मङ्सिर १९ गते कसरा नजिकै राप्ती नदीमा १२ गोही छाडिएको थियो ।

दुई भाले र १० पोथी नदीमा छाडिएको छ । माघ १९ गते पथरीस्थित कोशी नदीमा तीन भाले र १७ पोथी गरी २० गोही छाडिएको थियो । यही माघ २९ गते नवलपरासीस्थित दिव्यपुरी घाटबाट नारायणी नदीमा दुई भाले र १८ पोथी छाडिएको थियो । उनले केही दिनपछि राप्ती नदीमा थप ३० गोही छाड्ने तयारी गरिएको बताए ।

हालसम्म विभिन्न नदीमा एक हजार ६५७ गोही छाडिएको सहायक संरक्षण अधिकृत पौडेलले जानकारी दिए । यसवर्ष राप्ती र नारायणीका सात वटा गुढबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २५८ वटा बच्चा कोरलिएका छन् । ती नदीमा गोहीका गँुढमा रहेका अण्डा प्रजनन केन्द्रमा ल्याएर बच्चा कोरल्ने गरिन्छ । यही फागुन १५ गतेदेखि दुबै नदीमा गोहीको गुँढ अनुगमन गरिँदै छ ।

केन्द्रमा हुर्किएकामध्ये सबैभन्दा धेरै गोही निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । हालसम्म राप्तीमा ८६७, नारायणीमा ४१९, बबईमा ११०, सप्तकोशीमा ११५, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा गोही छोडिएका छन् । हाल निकुञ्जको घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा ४५० गोही छन् । प्रजनन केन्द्रमा एउटा मात्रै वयस्क भाले घडियाल गोही रहेको छ । केन्द्रमा १३ वयस्क घडियाल छन् । प्रमुख संरक्षण अधिकृत आचार्यले सबैको साथ र सहयोग बिना संरक्षण सम्भव नहुनेमा जोड दिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  २ : १५ बजे

हावाहुरीले पर्खाल भत्किँदा सिरहामा एक महिलाको मृत्यु

सिरहा– सिरहामा शनिबार साँझ आएको हावाहुरीका कारण घरको पर्खाल भत्किँदा

‘ये बाबु रावका स्टाइल है !’ संघर्षदेखि सांसदसम्म परेश रावलको प्रेरणादायी यात्रा

काठमाडौँ – बलिउडका सफल अभिनेता तथा चर्चित राजनीतिज्ञ परेश रावलले

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज बस्दैछन् । बैठक बिहान ११

मधुवा रोगको समस्याले किसान चिन्तित

बाँके– बाँकेमा आँपको फल लाग्ने बेला यस वर्ष मधुवा रोगको

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।