दमौलीको आन्तरिक राजस्व कार्यालयद्वारा चार अर्ब राजस्व सङ्कलन | Khabarhub Khabarhub

दमौलीको आन्तरिक राजस्व कार्यालयद्वारा चार अर्ब राजस्व सङ्कलन


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली–आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको छ महिनाको अवधिमा रु चार अर्बभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालू आर्थिक वर्ष २०७८/७९ को साउनदेखि पुस मसान्तसम्म रु चार अर्ब २५ करोड तीन लाख राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले उक्त अवधिमा रु चार अर्ब एक करोड ५१ लाख ४६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा रु २३ करोड ५१ लाख ५७ हजार बढी सङ्कलन भएको कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार छ महिनामा लक्ष्यको एक सय पाँच प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालयका अनुसार अन्तःशुल्कतर्फ रु दुई अर्ब ७९ करोड ९९ लाख, स्वास्थ्य सेवातर्फ रु ८९ करोड ६८ लाख २० हजार, आयकरतर्फ रु ३२ करोड १३ लाख ४३ हजार, भ्याटतर्फ रु १९ करोड ७२ लाख ८० हजार, व्याजकरतर्फ रु दुई करोड ७७ लाख ९३ हजार, घरबहाल करतर्फ रु ७१ लाख १६ हजार र शिक्षा सेवा शुल्कतर्फ रु पाँच हजार सङ्कलन भएको छ ।

गत आव २०७७/७८ को छ महिनामा कार्यालयले रु तीन तीन अर्ब ५५ करोड ५२ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो । गत आवको तुलनामा चालू आवको छ महिनामा रु ६९ करोड पाँच लाख आठ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । पुस महिनामा मात्रै कार्यालयले रु एक अर्ब नौ करोड ४७ लाख चार हजार सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक अर्ब २७ करोड ५३ लाख पाँच हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखा परीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्नसक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो ।

कार्यालयले करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन करदाता शिक्षा कार्यक्रम, करदातासँग अन्तक्र्रिया कार्यक्रम गर्दै आएको छ । उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्सको सहकार्यमा त्यो काम हुँदै आएको बताइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १२ : ४५ बजे

कर्णाली विकास बैंक घोटाला : संस्थापक अध्यक्षसहित तीनजनालाई थुनामा राख्न आदेश

नेपालगञ्ज– नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा

रजनीकान्तको भावुक खुलासा– ‘सहपाठीले भारी बोकाएर अपमान गर्‍याे’

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफ्नो बहुप्रतिक्षित फिल्म ‘कुली’ को

चाँडै पुटिनसँग भेट हुने ट्रम्पको विश्वास

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले रुसी राष्ट्रपति भ्लाडिमिर

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

चितवन– भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ

भेडाको ऊन प्रयोग हुन छाडेपछि मौलिक सामग्री लोप हुँदै

म्याग्दी– दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला