रामकृष्णले ल्याए ‘तिम्ले बोल्ने बोली’ « Khabarhub

रामकृष्णले ल्याए ‘तिम्ले बोल्ने बोली’


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सर्वप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला ’आकाश’ को शब्द रचना रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन् ।

फिल्मका निर्देशक समेत रहेका सुव्रत आचार्य निर्देशित म्यूजिक भिडियोमा जया शर्मा क्रियटिभ डाइरेक्टर र सरिता कठायत असिस्टेन्ट डाइरेक्टरको रुपमा छन् । दीपक एम सिंहको कोरियोग्राफी रहेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज मोहित मुनाल र मिक्सिङ किशोर थापाले गरेका हुन् ।

भिडियो सार्वजनिक कार्यक्रममा गायक रामकृष्ण ढकालले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे । ‘तिम्ले बोल्ने बोली’ ले ‘भ्यालेनटाइन डे’ विशेष बनाउन सक्ने बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए । यो गीत उनकै नाममा खोलिएको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

भिडियोका मोडल आकाश श्रेष्ठले रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । उनले भने– ‘म रामकृष्ण दाईको बच्चैदेखि ठूलो फ्यान हुँ । उहाँसँग काम गर्न जसलाई पनि इच्छा हुन्छ र मलाई पनि थियो । यो गीतले मेरो त्यो इच्छा पूरा गरेकोमा एकदमै खुसी छु ।’

त्यस्तै, गीतकी मोडल खुश्बु खड्काले राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । निर्देशक सुव्रत आचार्यले भने आफूले यसअघि गरेका म्यूजिक भिडियोभन्दा यसपटक केही फरक गर्न खोजेको बताए । उनले भिडियोलाई ‘भ्यालेनटाइन डे’ सँग जोड्ने गरी तयार गरेका छन् । भिडियोमा आकाश र खुश्बुको केमेस्ट्री मिलेको देखिन्छ ।

रामकृष्ण ढकाल र खुशी गुरुङको प्रस्तुतीमा गीत तयार भएको हो । गीत सार्वजनिक कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रामकृष्ण ढकालले स्वर्गीय भारतीय गायिका लता मंगेशकरलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले १० वर्ष अगाडि लतासँग ‘बाचुन्जेलीलाई’ गीत गाएका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  २ : १२ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत