आईपीएलमा इतिहास रच्ने बाबु-छोरा « Khabarhub

आईपीएलमा इतिहास रच्ने बाबु-छोरा


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व क्रिकेटका महान ब्याट्सम्यान सचिन तेन्दुलकर र उनका छोरा अर्जुन तेन्दुलकरले आईपीएलमा इतिहास रचेका छन्। सचिन र अर्जुनले आईपीएलको इतिहासमा लिलामी हुने र एउटै टोलीबाट खेल्ने पहिलो बाबुछोराको इतिहास रचेका हुन्।

सचिनका छोरा अर्जुनलाई आईपीएल २०२२ को मेगा अक्सनमा मुम्बई इन्डियन्सले ३० लाखमा खरिद गरेको हो। गत वर्ष पनि फेब्रुअरी २०२१ मा भएको आईपीएल लिलामीमा मुम्बई इन्डियन्सले उनलाई २० लाखमा किनेको थियो। एक सिजनपछि उनलाई मुम्बई इन्डियन्सले रिलिज गरेको थियो।

तर, आईपीएल २०२२ को लिलामीमा उनलाई फेरि मुम्बई इन्डियन्सले किनेको हो। अर्जुन तीव्र गतिमा बलिङ गर्न माहिर मानिन्छन्। उनलाई सफल अलराउन्डरका रूपमा लिइन्छ। अर्जुनका बुबा सचिनले पनि मुम्बईबाट सन् २००८ देखि २०१३ सम्म आईपीएलको ६ सिजनमा भाग लिएका थिए।

यस अवधिमा उनले ७८ खेलमा ३४.८३ को औसतमा २३३४ रन बनाए। उनको उच्चतम व्यक्तिगत स्कोर नटआउट १०० रन हो। आईपीएलमा सचिनको नाममा एक शतक र १३ अर्धशतक छ। अर्जुन आफ्नो बुबाका कारण लगातार चर्चामा छन्।

तर, उनले आफ्नो करियरको प्रारम्भिक चरणमा आफ्नो बुबाले हासिल गरेको नाम वा हैसियत हासिल गर्न सकेका छैनन्। सुरूदेखि नै उनीमाथि सबैको नजर रहेको भए पनि सबैको चाहना छ कि उनले क्रिकेट मैदानमा आफ्नो बुबा जस्तै फरक स्थान हासिल गरोस्।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १० : ५८ बजे

डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

रास्वपाले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता चुनावी घोषणापत्र

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

देउखुरी– यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ

कांग्रेसमा अब कुनै गुट छैन : प्रदेश सभापति शर्मा

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि

प्रतिनिधिसभा निर्वाचन : कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा