एमसीसीबारे गम्भीर छलफल गर्न माग गर्दै भीम रावलले लेखे ओलीलाई पत्र « Khabarhub

एमसीसीबारे गम्भीर छलफल गर्न माग गर्दै भीम रावलले लेखे ओलीलाई पत्र


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले नेता तथा सांसद डा. भीमबहादुर रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । उनले एमसीसीका विषयमा पार्टीभित्र गम्भीर छलफल गरिनुपर्ने माग राख्दै पत्र लेखेका हुन् ।

उनले पत्रमा एमसीसीका कैयौ प्रवधानहरू नेपालको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, स्वाभिमान, नेपालको संविधान र कानुन विपरित रहेको दाबी गरेका छन् । त्यसैले यस विषयमा गहन छलफल हुनुपर्ने बताएका छन् ।

आज बसेको पार्टीको संसदीय दलको बैठकमा रावलले उक्त माग गरेका हुन् । उनले आजको बैठकमा आफूले महाअभियोग लागेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बोक्न नहुने कुरा राखेको पनि उल्लेख गरेका छन् ।

जनताको गम्भीर चासो र सरोकारको विषयमा पार्टीले नजरअन्दाज गर्न नहुने नेता रावलको टिप्पणी छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : ३१ बजे

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम