बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ  « Khabarhub

बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ 


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँ ब्यास नगरपालिका-९ वतन भई काठमाडौं महानगरपालिका-२६ सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका संचालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् । 

उच्च अदालत पाटनको गत मंसिर २४ गतेको फैसलाले सुरजलाई २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना र सुमितलाई २०७७ मंसिर १३ गतेको फैसलाले ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । सुरजलाई आइतबार काठमाडौं गोंगबुबाटसुमितलाई सोमबार लाजिम्पाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानकारी हुँदा पनि पीडितहरूलाई झुक्याएर आ-आफ्नो बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । 

फैसला कार्यान्वयनका लागि सुरजलाई जिल्ला अदालत ललितपुर र सुमितलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ०८ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन

आज २०८२ साल माघ २८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति भण्डारी धरौटीमा रिहा

काठमाडौँ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा. संगीता सिंह भण्डारी

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गर्न दलहरुलाई आयोगको निर्देशन

काठमाडौँ- निर्वाचन आयोगले आसन्न निर्वाचनलाई केन्द्रित घोषणापत्र सार्वजनिक गर्न मितिनै