बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ  « Khabarhub

बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ 


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तनहुँ ब्यास नगरपालिका-९ वतन भई काठमाडौं महानगरपालिका-२६ सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका संचालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् । 

उच्च अदालत पाटनको गत मंसिर २४ गतेको फैसलाले सुरजलाई २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना र सुमितलाई २०७७ मंसिर १३ गतेको फैसलाले ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो । सुरजलाई आइतबार काठमाडौं गोंगबुबाटसुमितलाई सोमबार लाजिम्पाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानकारी हुँदा पनि पीडितहरूलाई झुक्याएर आ-आफ्नो बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । 

फैसला कार्यान्वयनका लागि सुरजलाई जिल्ला अदालत ललितपुर र सुमितलाई जिल्ला अदालत भक्तपुरमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ०८ बजे

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव

मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य