पश्तुन तहफुज आन्दोलनद्वारा पाकिस्तानी सेनाविरुद्ध खैबर पख्तुनख्वामा विरोध | Khabarhub Khabarhub

पश्तुन तहफुज आन्दोलनद्वारा पाकिस्तानी सेनाविरुद्ध खैबर पख्तुनख्वामा विरोध


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको खैबर पख्तुनख्वाको स्वात जिल्लामा, पेशावर उच्च अदालतको रिहाइ आदेशको समर्थन गर्दै पाकिस्तानको सैन्य अदालतले सजाय दिएका व्यक्तिका परिवारहरू र आफन्तहरुले विरोध गरेका छन्

पाकिस्तानमा मानव अधिकारमा आधारित प्रतिरोध आन्दोलन पश्तून तहफुज आन्दोलनले आफ्नो ट्विटर ह्यान्डलमार्फत पाकिस्तानी सेनाविरुद्ध आन्दोलन गरिएको जानकारी दिएको हो।

भर्खरैको घटनामा, बुधवार, पीटीएमका सदस्यहरूले बलुचिस्तानको किल्ला सैफुल्ला जिल्लाहरूमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका थिए र सेनाले शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्ध क्रूरतापूर्वक मेसिन गनहरू प्रयोग गरेकोसमेत बताइएको छ।

यो आन्दोलनले बलुचिस्तानमा राज्यको नीतिको आलोचना गरेको छ र सेनाले गरेको चरम मानवअधिकार उल्लङ्घनको अनुसन्धानको माग गर्दै पाकिस्तानी सेना जिहादी भएको आरोप लगाइएको छ।

शान्तिपूर्ण माध्यमबाट हुने आन्दोलनमा राज्य प्रायोजित हिंसा र चरमपन्थ विरुद्ध आवाज उठाउन जारी राखिनेसमेत आन्दोलनले जनाएको छ। पीटीएमले बलुचिस्तानको झोब जिल्लामा भएको गोलीबारीको घटनामा आक्रोश व्यक्त गर्न पेशावर प्रेस क्लब बाहिर विरोध प्रदर्शन गरेको छ।

पाकिस्तानी सेनाले नै नागरिकलाई त्रसित बनाउन थालेको भन्दै पाकिस्तान सरकारको पनि चर्को आलोचना गरिएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ५६ बजे

तेस्रो लगानी सम्मेलन आजदेखि, १५० परियोजना प्रस्तुत गरिने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । सम्मेलनको

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु