विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह « Khabarhub

विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नकस्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन् । देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् ।

त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि विधेयकहरु संसदमा रोकिएको भन्दै पास गर्ने तर्फ लाग्न सभामुख सापकोटालाई सुझाव दिएका थिए ।

संसद्को गतिरोध र एमसीसीका बारेमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका थिए । तर सभामुखबाट सापकोटाको बहिर्गमनको माग गरिरहेको एमालेले भने बैठक बहिष्कार गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ४५ बजे

पूर्वीनाकाबाट गोलभेँडाको आयात ९३२ प्रतिशतले बढ्यो

झापा– पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को

कांग्रेस विशेष महाधिवेशन बन्दसत्रको अध्यक्षता ज्येष्ठ सदस्य श्यामकुमारले गर्ने

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र सुरु

बैतडीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडी– बैतडीको जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका–८ साँडीघाँटीमा जीप दुर्घटना

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ