रुसी शहरहरूमा इन्टरनेट सेवामा अवरोध « Khabarhub

रुसी शहरहरूमा इन्टरनेट सेवामा अवरोध


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

मस्को – मस्को र अन्य रूसी शहरहरूमा आंशिकरूपमा नेटवर्क अवरोधहरू भएको छ । रूसमा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न मोबाइल इन्टरनेट अवरूद्धता ‘आवश्यक’ भएसम्म जारी रहने क्रेमलिनले बुधबार जनाएको छ।

मस्कोले विशाल अमेरिकी सामाजिक सञ्जाल नेटवर्क मेटा र टेलिग्रामको स्वामित्वमा रहेको ‘मेसेजिङ एप’ ह्वाट्सएपमाथि प्रतिबन्ध लगाउन आदेश दिएपछि रुसी अधिकारीहरूले इन्टरनेट पहुँचमा लगाएको प्रतिबन्धको यो पछिल्लो श्रृङ्खला हो ।

रुसले आपराधिक गतिविधिसँग लड्न आवश्यक रहेको बताउँदै म्याक्सलाई पनि प्रतिबन्धित गरेको छ । तर क्रेमलिनका आलोचकहरूल यो अनलाइन निगरानी बढाउने प्रयास भएको बताएका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “हाम्रा नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न थप उपायहरू आवश्यक हुँदासम्म इन्टरनेट सेवा अवरोध हुनेछ।

उनले युक्रेनले ‘बढ्दो परिष्कृत आक्रमण विधिहरू’ प्रयोग गरेको आरोप लगाए । उनले भने, “‘बढ्दो परिष्कृत आक्रमण विधिहरू’ निस्क्रिय पार्न अत्याधुनिक प्राविधिक प्रतिरोधात्मक उपायहरू आवश्यक हुनेछ।।”

रूसी सुरक्षा सेवाहरूले युक्रेनले टेलिग्रामको प्रयोग रूसमा मानिसहरूलाई जोड्न वा तोडफोड गर्न प्रयोग गरिरहेको बारम्बार दावी गर्दै आएका छन् ।

आफ्नो पूरा नाम बताउन नचाहने २० वर्षीय विद्यार्थी निकोलेले मस्कोमा एएफपीसँग भने, “इन्टरनेट प्रयोग गर्न सजिलो भएको छैन।” उनले भने , “प्रतिबनधका कारण मेरो ‘मेसेजिङ एप’मा समस्या भएका कारण म आफ्ना प्रियजनसँग सम्पर्क गर्न सक्दिनँ ।”

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ८ : २५ बजे

प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदनपछि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्माको

ट्रम्पको अल्टिमेटमपछि दबाबमा ईयू

ब्रसेल्स- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने

भिजिट भिसा प्रकरण : तीर्थराजलाई घुस दिएर अदालतमा बयान फेरेका थापाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा

विज्ञापन नै गर्न नपाइने मदिरा र चुरोटको विज्ञानपनमा कम्पनीले गरे ४७ करोड बढी खर्च

काठमाडौं– सरकारले विज्ञापनमा रोक लगाएको मदिरा र सुर्तीजन्य वस्तुको विज्ञापनमा

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रूख कटान आदेश

म्याग्दी– म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका