दोषीलाई मन्त्री बनाएको भन्दै मुद्दा दायर « Khabarhub

दोषीलाई मन्त्री बनाएको भन्दै मुद्दा दायर


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– उच्च अदालत सुर्खेतमा कानूनकी विद्यार्थी विनिता बोगटीले दोषीलाई मन्त्रीबाट हटाउन मागसहित मुद्दा दायर गरेकी छन् । यसमा कर्णाली सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले छिरिङ्ग डम्डोल लामालाई माघ २३ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए ।

लामालाई ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको आरोपमा अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।

नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई फैसला अन्तिम भएको अवस्थामा समेत प्रदेश सरकारको मन्त्री बनाउनु गैर जिम्मेवारपूर्ण काम भएको निवेदनमा उल्लेख छ।

यसैबीच सरकारले योग्यता र क्षमताल छलेर समग्र सामाजिक तथा राजनीतिक क्षेत्रमा दुष्प्रभाव पर्ने गरी जथाभावी नियुक्त गरेको बोगटीले बताइन् । उनले मन्त्रीको नियुक्ति,सपथ ग्रहण लगायतका सम्पूर्ण कामहरु नेपालको संविधानको विपरीत भएकाले बदर गर्न माग गरेकी छन् ।

यस्तैबीच रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि नवनियुक्त मन्त्रीहरुलाई कुनै कामकारबाही नगर्न नगराउन तथा औपचारिक कार्यक्रममा भाग सहभागी नगराउनसमेत माग गरिएको छ।

यस विषयको प्रारम्भिक पहिलो सुनुवाइ भोलि बिहान १० बजे तोकिएको उच्च अदालत सुर्खेतले जनाएको छ। यसअघि कर्णाली प्रदेशको मन्त्रिपरिषद्‍ विस्तार गर्दा समावेशी नगरिएको भन्दै उच्च अदालतमा रिट परेको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ०७ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ