सर्वोच्चको फुलकोर्ट शुक्रबार बस्ने « Khabarhub

सर्वोच्चको फुलकोर्ट शुक्रबार बस्ने


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतलको फुलकोर्ट बस्ने भएको छ ।  कायममुकाम प्रधानन्यायाधीश दीपकुमार कार्कीको आह्वानमा आज बसेको सर्वोच्च अदालतका न्यायाधीशहरूको अनौपचारिक बैठकले शुक्रबार औपचारिक रुपमा फुलकोर्ट बोलाउने निर्णय गरेको हो ।

आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग लगायत अदालत सञ्चालन, अदालत सुधार लगायका विषयमा छलफल भएको जनाइएको छ ।

सत्ता गठबन्धनका तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएपछि उनी नलम्बित भएका छन् ।

राणा निलम्बित भएसँगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कामु प्रधानन्यायाधीश बनेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : १२ बजे

लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ : मन्त्री परियार

कैलाली – कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदनप्रसाद परियारले प्रविधिको

रुसी शहरहरूमा इन्टरनेट सेवामा अवरोध

मस्को – मस्को र अन्य रूसी शहरहरूमा आंशिकरूपमा नेटवर्क अवरोधहरू

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स, वैदेशिक मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा नेपालमा साढे १२

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा