हजारौं सपना थाँती राखेर युद्ध मैदानमा युवा « Khabarhub

हजारौं सपना थाँती राखेर युद्ध मैदानमा युवा


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

युक्रेनको राजधानी किभमा अहिले धेरै युवाको जमात देख्न सकिन्छ। सैनिक पोसाकमा यसरी देखिने उनीहरू, अल्पकालीन स्वयंसेवी सैनिक मात्र हुन्। रुसले युक्रेनमाथि हमला गरेपछि उनीहरू यस लडाइँमा सहभागी हुनकै लागि सैनिक भएका हुन्। टिनएजको अन्त्यमा भएका ती युवामा देशका लागि समर्पित हुने भावना पलाएको छ। तीन दिनको सामान्य तालिम लिएका उनी फ्रन्ट लाइनमै उभिन तयार भएका छन्। अथवा यसको केही नजिकै हुनेछन्।

१९ वर्षीय जीव विज्ञानका विद्यार्थी मास्क्याम लस्ट्याकलाई एक साता भन्दा कम समयको प्रशिक्षणमै सैन्य दस्तामा प्रवेश पाएकोमा आश्चर्य छैन। पाँच वर्ष स्काउटमा बिताएका उनले सोही समयमा केही आधारभूत तालिम मात्र होइन हतियार सम्बन्धी ज्ञान पनि लिएका थिए।

सन् २०१४ मा युक्रेनमा मस्कोको आडमा पृथकतावादीले झडप सुरु गर्दा उनी १४ वर्षका मात्र थिए। एउटै विश्वविद्यालयमा मास्क्यामसँगै अध्ययन गरिरहेका १८ वर्षीय डिमिट्री किसीलेन्को पनि अहिले सेनामा समावेश भएका छन्। अब उनीहरू आफूलाई केटाकेटी भएको ठान्दैनन्। जोखिमपूर्ण घडीमा आफूलाई उभ्याएका ती युवा आफ्नो डर हटाउनकै लागि प्राय जोक गरेर बस्ने गरेका छन्।

हाँसी मजाक र ख्याल ठट्टाको क्रममा कसैले १२ औ जन्मोत्सवमा उपहार स्वरूप पाएको नि प्याड लगाएर उनीहरू बसेका छन्। कोही ब्यागमा सुतेका छन्। कोहीसँग योगा गर्ने म्याट छ। बस आएपछि सैन्य प्रशिक्षण केन्द्र तर्फ लम्किएका उनीहरूको हाउभाउ हेर्दा कुनै चाडबाड मनाउन गए झैँ थियो। यी सबैसँग ए के ४७ राइफल थियो।

जिन्दगीकै रमाइलो उमेरमा उनीहरू एकाएक सैन्य पोसाक, हेलमेट र नि प्याडसहित सुसज्जित भए। स्यान्ड ब्याग र ट्याङ्क ट्रयापसंग आफूलाई अभ्यस्त गराएका उनीहरू युद्धका लागि तयार भइसकेका छन्।

‘मैले बन्दुक चलाउन सिकेँ, मैले कसरी निसानामा लगाउने भन्ने सिकेँ। युद्धमा आवश्यक धेरै कुरा सिकेँ’, डिमीट्रीले हाँस्दै भने। तर, उनलाई थाहा छ की उनी जिन्दगीकै एक कठिन मोडमा उभिएका छन्। मास्क्याम भने अलि गम्भीर थिए। उनले भने, ‘मैले आफूलाई पहिलेको भन्दा धेरै आत्मविश्वासी पाएको छु । किनकी हामीले धेरै तरिका सिकेका छौँ। मार्सल आर्टको कुरा उपचारका कुरा र लडाइँमा आवश्यक पर्ने धेरै कुरा सिकी सकेका छौं’ क्रेमलीनमा युक्रेनको झन्डा फरफराएको दृश्य हेर्न आफू उत्सुक भएको बताउँदै उनी पनि मुस्कुराउँछन्।

सबैको मनमा एउटै प्रश्न छ। ‘के अब किभ जोगाउनका लागि हामीले युद्ध गर्नै पर्ने हो ? यो आवश्यक छ ?’ डिमिट्रीले भने, ‘हामीले रोकेनौ र किभ कब्जा गरे भने यो युद्धको अन्त्य हुनेछ।’

उनीहरू दुवै जना रुसी सीमा नजिकैको एउटै गाउँबाट आएका हुन्। उनीहरूको गाउँ त अहिले ध्वस्त भइसकेको छ। उनीहरूका आमा बाबु त्यही छन्। मास्क्यामकै आमाले त छोरा त्यही बसेर आफूहरूलाई खाना पकाएर खुवाओस् भन्ने चाहन्थिन्। उनीहरू आफूलाई केही नहुने कुरामा विश्वासमा आमा बाबुसँग छुट्टिएका थिए।

मास्क्यामका आमा बाबुलाई यो सबै थाहा छ। आफू सुरक्षा दस्तामा आबद्ध भएको कुरा जानकारी गराउने बित्तिकै उनका बाबुले धेरै नायक हुन आवश्यक नभएको कुरा गरेका थिए। डिमिट्री भने आफ्नो कामबाट अभिभावकले गर्वको महसुस गरेको बताउँछन्।

‘धेरै त छैन। तर, युद्धमा जाँदै गर्दा अलिकति डर लाग्नु त मानवीय कुरा नै हो। मर्न को चाहन्छ र ? देशकै लागि भए पनि मर्न चाहने कोही हुँदैन’, उनले भने, ‘यस कारण मृत्यु हाम्रो विकल्प होइन।’

अन्य आम युवाका जस्ता डिमिट्री र मास्क्याममा पनि भविष्यका थुप्रै योजना र सपना छन् । पढाइ सकेर गर्नु पर्ने कामका बारे सोचेका छन्। क्यारियरका बारे सोचेका छन्। परिवारका बारे पनि सोचेका छन्। अहिले उनीहरूका अभिभावक छोराको जीवन रक्षाका लागि प्रार्थना गरेर बसेका छन्।

युक्रेन मात्र होइन, रुसको तर्फबाट पनि थुप्रै युवा लडिरहेका छन्। सायद उनीहरूलाई सेनामा नै भर्ती हुने आशा पनि छ। रुसले फ्रन्टलाइनमा यसरी अल्पकालीन प्रशिक्षण लिएका युवालाई राखेको छैन।

सीमामा रहेका युक्रेनका अन्य दुई युवाको अवस्था पनि त्यस्तै छ। उनीहरू जागिरे सेना भन्दा अलि पछाडि छन्। व्यावसायिक सेना रुसी सेनासँग लड्न तयार भएर बसेको छ। रसियनहरू आउँदा युद्ध गर्नका लागि युक्रेनका युवाहरू तयार छन्। पेट्रोल सहितको एउटा रसायन ककटेल तयार छ। यसले रुसी ट्याङ्कलाई रोक्ने उनीहरूको विश्वास छ।

यसले पनि काम गरेन भने नाटोले उपलब्ध गराएको एन्टी ट्याङ्क हतियार उनीहरूले प्रयोग गर्ने छन्। अहिले किभमा सबै जना तयार भएका छन्। सर्वसाधारण, सेना र अन्य पेसाकर्मी युवाहरू युद्धका लागि तयार भएर घरबाट निस्की सकेका छन्।

रुसी सेना झनै आक्रामक भएको छ। रुसले मानवताका न्यूनतम आधारलाई पनि बेवास्ता गर्दै अस्पताल, चाइल्ड होम र केयर सेन्टरलाई समेत निसाना बनाउन छाडेको छैन। सञ्चार माध्यमका अनुसार पश्चिमी युक्रेन समेत रुसी सेनाको निसानामा परि सकेका छन्। किभको उत्तरी भागलाई रुसी सेनाले लक्ष्यमा राखेका छन्। मेलीटपुलमा पूर्व मेयर आएर सर्व साधारणलाई घरभन्दा बाहिर ननिस्कन आह्वान गरी सकेका छन्।

किभ सहर कहिलेसम्म भिडिरहन्छ ठेगान छैन। तर एउटा साँचो को हो भने क्रेमीलनको सफलताले पुटिन आफू विजयी भएको भन्ने घोषणा गर्ने छैनन्। किभ जोगाएसम्म युक्रेनी राष्ट्रपति भोालेमायर जेलेन्सकी आफूले हारेको स्वीकार गर्ने छैनन्।

पछिल्ला दुई दिन धेरै गर्मी बढेको छ। घाम लगेको छ। यस कारण दिनको समयमा स्टालाइटबाट जमिनको दृश्य राम्रोसँग देख्न सकिन्छ। रुसी सेना इरपिन र होस्टेमल नजिकको कार्गो एयरपोर्टमा पुगे अवस्था युक्रेनका लागि खराब भएको आभास भएको छ। त्यहीँबाट रुसी सेना किभ प्रवेश गर्न खोजे पनि युक्रेनीले उनीहरूलाई रोकेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमकै अनुसार पछिल्ला केही दिन देखि इरपिन र होस्टेमलमा दुवै पक्षले आफूलाई केन्द्रित गरेका हुन्। युद्धकै समयमा युक्रेनीहरुले आफूलाई सुधार गरेका थिए। सायद सुरुवाती दिन देखि युक्रेनीहरु यसै रूपमा प्रस्तुत भएको भए अहिले पूर्वी युक्रेन र उत्तरी युक्रेनको अवस्था फरक भई सक्ने थियो। चेक प्वाइन्टमा रुसी सेनाका लागि थुप्रै अवरोध खडा गरिएका छन्। किभमा थुप्रै एन्टी ट्याङ्क स्टल राखिएका छन्।

किभ एउटा ठुलो सहर हो। ढुङ्गा छापिएका पुराना सडकहरूले त्यहाँको प्राचीन सभ्यताको झझल्को दिने गरेको छ। प्राय घरमा बेसमेन्ट बनाइएका छन्। सडकमा लामो समय युद्ध भए पछि त्यसै बेसमेन्टमै उनीहरूले महिनौँ बिताउन पनि सक्ने छन्।

युरोपको सुन्दर नदी नाइपरको किनारमा रहेको किभ सहरको सुन्दरतालाई त्यहीँ खोलामा रहेका हाँसको बथानले अझ परिष्कृत बनाएको छ। पानीले घेरिएको किभमा रक्षा पत्तिलाई अन्य सहरको भन्दा धेरै फाइदा पनि छ।
अहिले युद्ध रणनीतिमा मस्को कमजोर बनेको समाचार पनि बाहिर आएका छन्। त्यसो त रुसी सेनाले पूर्व तर्फबाट किभ छिर्ने योजनामा एक पटक असफलता हात लागे पछि अर्को बाटोको खोजीमा छ। युक्रेनी अधिकारीहरूले रुसी ड्रोन खसालेको जनाएका छन्। मस्कोले यसलाई अस्वीकार गरेको छैन।

अहिले सिङ्गो संसार रक्तपात रहित दुनियाँको चाहना राख्दै रुसी आक्रमणको विरुद्धमा उत्रेको छ। रुसले भने यो आग्रहलाई बेवास्ता गर्दै आणविक शक्तिको आडमा चेतावनी दिन थालेको छ। किभ जोगिन्छ या जोगिँदैन रु अथवा युक्रेनले कत्ति दिन किभलाई जोगाउँछ भन्ने चासो धेरैलाई हुन सक्छ।

हजारौँ सपना बुनेको ती युवाको जीवन त्यत्तिकै महत्त्वपूर्ण छ, चाहे ती युक्रेनी हुन् या रुसी। क्यारियरको बारे चिन्तित मास्क्याक र डिमिट्री जस्ता हजारौँ युवा देश जोगाउने चाहनामा सैन्य दस्तामा समावेश छन्। उनीहरूको जीवन रक्षाको कामना गर्नुको विकल्प संसारका धेरै देशका नागरिकसँग छैन। एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ५२ बजे

चितवनका छ हजार बढी बालिकाहरूलाई एचपीभी खोप

चितवन– जिल्लाका छ हजार ७६८ बालिकाहरूलाई पाठेघरको मुखमा हुने क्यान्सर

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

काठमाडौं– बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ

कडा मौद्रिक नीति र भन्सार करले ब्राजिलको अर्थतन्त्र प्रभावित

एजेन्सी– सन् २०२५ मा ब्राजिलको औद्योगिक उत्पादन मात्र ०.६ प्रतिशतले

व्यवस्थित साइकल लेन र फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले माइतीघर मण्डलादेखि तीनकुनेसम्म व्यवस्थित साइकल लेन र

एघार करोडको लागतमा दूधमति नदीको उत्खनन

जनकपुरधाम– एघार करोडको लागतमा ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दूधमति