युक्रेनमा रुसी आक्रमणबारे फ्रान्सेली र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता « Khabarhub

युक्रेनमा रुसी आक्रमणबारे फ्रान्सेली र अमेरिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग युक्रेनमाथि जारी रुसी आक्रमणबारे छलफल गरेका छन् । दुई नेताबीच भएको टेलिफोन वार्ताका क्रममा युक्रेनमाथि आक्रमण गरेको रुसलाई जवाफदेही बनाउने विषयमा छलफल भएको जनाइएको छ ।

दुबै नेताहरूले पछिल्लो समय विकसित कूटनीतिक संलग्नताहरूको समीक्षा गर्नुका साथै रुसलाई जवाफदेही बनाउने र युक्रेन सरकार र जनतालाई समर्थन गर्ने आ–आफ्ना प्रतिबद्धतालाई पुनः जोड दिएको ह्वाइट हाउसले जनाएको छ।

‘राष्ट्रपति बाइडेनले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग युद्धबारे फेरि छलफल गर्नुभएको छ ।’ ह्वाइट हाउसको विज्ञप्तिमा जनाइएको छ । रुसले पोल्याण्डको सीमानजिक युक्रेनी सैनिक तालिम केन्द्रमा आक्रमण गरेको केही घण्टापछि दुई नेताबीच टेलिफोन वार्ता भएको हो ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेन विरुद्ध आक्रमण शुरु गरेको थियो ।

(राससबाट)

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १२ : ४८ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध