भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश- मन्त्री हुँदा एमसीसी ल्याउने, अहिले खिलाफमा बोल्न लाज छैन? « Khabarhub

भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश- मन्त्री हुँदा एमसीसी ल्याउने, अहिले खिलाफमा बोल्न लाज छैन?


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता भीम रावलले मन्त्री हुँदा एमसीसी ल्याएको र अहिले बिरोधमा अभिव्यक्ति दिइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री देउवाले रावलले आफू रक्षामन्त्री हुँदा एमसीसी ल्याएको र अहिले आएर टाउको दुखाएको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने– आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो ? उसबेला दिमाग खुस्क्याथ्यो ? त्यो बेला किन बिरोध नगरेको ? राजीनामा गर्नुपर्दैन, लाज छैन ?’

उनले थपे, ‘आफैं पास गर्ने, मन्त्री हुने, राजीनामा किन गर्नुभएन? के हेरेर बसेका थिए? उनले राजिनामा गर्नुपर्थ्यो।’

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : ११ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति