आणविक सम्झौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री मस्को पुगे « Khabarhub

आणविक सम्झौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री मस्को पुगे


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आणविक सम्भौताबारे वार्ता गर्न इरानी विदेशमन्त्री अमिरअब्दुलल्लाहियान रुसको राजधानी मस्को पुगेका छन् । इरान सम्झौताबारे वार्ता भइरहेका बेला रुसले नयाँ शर्त अघि सारेपछि इरानी विदेशमन्त्रीले मस्कोको भ्रमण गर्न लागेका हुन् ।

‘विदेशमन्त्री मंगलबार मस्को जानुहुनेछ ।’ इरानी विदेशमन्त्रालयका प्रवक्ता सइद खतिबजादेलाई उद्धृत गर्दै दुबईबाट प्रकाशित हुने द नेशनल न्यूज अनलाइनले जनाएको छ ।

अमेरिकाले केही महत्वपूर्ण विषयमा निर्णय गर्न बाँकी रहेकाले यो भ्रमणका क्रममा कुनै किसिमको सम्झौता घोषणा नगरिने उनको भनाइ छ । यसअघि रुसले अहिले आफ्नो मुलुकमाथि पश्चिमा मुलुकद्वारा लगाइएका नाकाबन्दीको असर इरानसँग हुने सम्झौतामा पर्न नहुने ग्यारेन्टी मागेको थियो ।

अष्ट्रियाको राजधानी भियनामा भएको दश महिनाको वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् २०१५ को सम्झौता नवीकरण गर्ने नजिक पुगेका थिए । तर रुसले युक्रेनमाथि आक्रमण गरेपछि लगाइएको प्रतिबन्धले इरानसँगको व्यापारलाई नोक्सान नगर्ने ग्यारेन्टी माग गरेपछि वार्ता फेरि रोकिएको थियो।

(रासस र द नेशन्सबाट)

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ०० बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका