अक्षरा बाल साहित्य महोत्सव सम्पन्न, पूर्वप्रधानमन्त्री डा. भट्टराईदेखि अमर न्यौपानेसम्मको सहभागिता « Khabarhub

अक्षरा बाल साहित्य महोत्सव सम्पन्न, पूर्वप्रधानमन्त्री डा. भट्टराईदेखि अमर न्यौपानेसम्मको सहभागिता


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘अक्षरा बाल साहित्य महोत्सव’ सम्पन्न भएको छ ।

एक दिने बाल साहित्यिक महोत्सवमा पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, चर्चित साहित्यकार अमर न्यौपाने लगायत विभिन्न लेखक तथा क्षेत्रमा आवद्ध प्रभावशाली व्यक्तित्वको उपस्थिति थियो । 

काठमाडौंको कागेश्वरी मनोहरामा अवस्थित अक्षरा विद्यालयको आयोजनामा भएको महोत्सवमा साहित्य सम्बन्धी विभिन्न रचनात्मक कार्यक्रम गरिएको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिकाहरूले लेखक समक्ष साहित्यसँग सम्बन्धित आफ्ना जिज्ञासा व्यक्त गरेका थिए ।

उपस्थित सर्जक र सहभागी बीच जीवनमा साहित्यको महत्व, साहित्यमा कसरी रुचि जगाउने, आफूलाई कसरी अभिव्यक्त गर्ने, लैंगिक समानता लगायतका विषयमा दोहोरो चर्चा भएको थियो। करिव ४ हजार दर्शकले अवलोकन गरेको महोत्सवमा लेखकसँग साहित्य संवाद, साहित्यिक कार्यशाला, सांगीतिक प्रस्तुति, पपेट शो, पुस्तक प्रदर्शनीलगायतका विभिन्न सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो । त्यस्तै, ३ सत्रमा विभिन्न १३ वटा भाषा एवम् साहित्य शिक्षणसम्बन्धी कार्यशाला आयोजना गरिएको थियो । 

महोत्सवमा २४ विद्यालयका करिव ७ सय विद्यार्थी सहभागी थिए। कार्यक्रममा अन्य विद्यालयका विद्यार्थी तथा अभिभावकहरूलाई पनि सहभागी गराउन पाउँदा आफू खुसी भएको अक्षराकी प्रधानाध्यापक अञ्जु भट्टराईले बताइन। ‘हामीले साहित्यिक कार्यक्रमहरू हरेक साता गर्दै आएको भए पनि यसरी साहित्यिक महोत्सव नै अहिलेसम्म गरेका थिएनौँ,’ प्रधानाध्यापक भट्टराईले भनिन्। 

कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरि थापाले विद्यालय, विद्यालय जोड्ने यस्तो महोत्सवले समाजमा सकारात्मक सन्देश दिने बताए। एउटा सफल विद्यार्थी हुनका लागि पाठ्यपुस्तकसँगै साहित्यिक पुस्तक पनि उत्तिकै आवश्यक हुने भट्टराईको भनाइ छ । साहित्यले ज्ञानको दायरा बढाउन त सहयोग गर्छ नै, यसले जीवन र जगतलाई हेर्ने र बुझ्ने दायरा पनि फराकिलो बनाउन सघाउने उनले भने।  ‘पाठ्यक्रममा आधारित पुस्तकले पेशालाई चाहिने सीप सिकाउँछ भने साहित्यले जीवन जिउने कला सिकाउँछ।’ प्रधानाध्यापक भट्टराईले भने।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ५१ बजे

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान

राज्यका सबै निकायले आफ्नो स्वतन्त्रता गुमाइसके : कृष्ण सिटौला 

काठमाडौं– नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले राज्यका सबै निकायले आफ्नो

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन विज्ञ सदस्य मनोनित

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई

स्थानीय तहका समस्या समाधानमा संघ–प्रदेश समन्वय आवश्यक : मन्त्री रावल

काठमाडौं – स्थानीय तहमा देखिएका प्रशासनिक तथा व्यवस्थापकीय समस्या समाधानका

इरानद्वारा अमेरिकासँग तत्काल प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ टोली दोहा पठाइने

तेहरान-  इरानले अमेरिकासँग निकट भविष्यमा कुनै पनि स्तरमा प्रत्यक्ष वार्ता नहुने