हराएका २१ वटा गाडी सवारी धनीलाई हस्तान्तरण गरियो « Khabarhub

हराएका २१ वटा गाडी सवारी धनीलाई हस्तान्तरण गरियो


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ सवारी साधन ट्राफिक प्रहरीले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

 महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १६ मोटरसाइकल र पाँच स्कुटर फेला पारेर आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।

सवारी हस्तान्तरणका क्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले उपत्यकाको एकान्त ठाउँमा सवारीसाधन पार्किङ गर्दा बढी हराउने गरेको बताएका छन् । “सवारी साधनमा डिक्स लक, ह्वील लक, सेक्युरिटी साइरनको प्रयोग गर्नुपर्छ” उनले भने ।

लाखौँ रुपैयाँ तिरेर किनेको सवारी साधनको सुरक्षामा पनि त्यत्तिकै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। महाशाखाका अनुसार चालकको लापरबाही, सुनसान क्षेत्रमा पार्किङ र सवारी साधनमा ह्वील लक नगर्नाले धेरै सवारी साधन चोरी हुने गरेका छन् ।

महाशाखाले दुई महिनामा ८८ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । आफ्नो सवारी साधन हराउना साथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशनमा लग इन गरेर अनलाइनमार्फत् समेत निवेदन दिन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ११ : २५ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

‘अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म