राष्ट्रपति भण्डारीबाट २६२१औँ महावीर जयन्तीको शुभकामना « Khabarhub

राष्ट्रपति भण्डारीबाट २६२१औँ महावीर जयन्तीको शुभकामना


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवर्तक महावीरको २६२१औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।

महावीरले जनकल्याणका लागि गरेको मार्गदर्शनको परिपालन गर्नसके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम हुनका साथै दिगो शान्ति र अहिंसा प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास शुभकामना सन्देशमा भनिएको छ ।

सन्देशमार्फत समाजमा विद्यमान अन्धविश्वास, विकृति, विसङ्गति एवं विभेदको अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं प्रगतिशील समाज निर्माण गर्न महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास लिइएको छ । सम्पूर्ण मानव जातिको कल्याणका लागि शान्तिको बाटो देखाउनुहुने महावीरको जन्मजयन्ती हरेक वर्षको चैत शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रम गरी उत्साहपूर्वक मनाउने गरिन्छ ।

‘महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग–सत्य, अहिंसा, ब्रह्मचर्य, अचौर्य र अपरिग्रहका सिद्धान्त प्रतिपादन गर्नुभयो र स्वयंले यी सिद्धान्तको पालनासमेत गर्नुभयो । उहाँले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुभयो । यसरी महावीरको जीवनमा अभिव्यक्त विचार र व्यवहारको सङ्गमले मानवजीवनलाई सदैव मार्गदर्शन गरिरहन्छ ।’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ६ : २१ बजे

कप्तानगञ्ज घटनाको विरोध चर्किएपछि सिरहाको लहानमा पनि अनिश्चितकालीन कर्फ्यु

काठमाडौं- कप्तानगञ्ज घटनालाई लिएर प्रदर्शन चर्किएपछि सुरक्षा अवस्थालाई ध्यानमा राख्दै

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर