विश्वकपमा सहयोग गर्न प्रवासी समुदायहरूलाई कतार सरकारको आग्रह  « Khabarhub

विश्वकपमा सहयोग गर्न प्रवासी समुदायहरूलाई कतार सरकारको आग्रह 


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा – स्वयंसेवक बनी विश्वकप २०२२ लाई सहयोग गर्न प्रवासी समुदायहरूलाई कतार सरकारले आग्रह गरेको छ ।

कतारको श्रम मन्त्रालयका श्रम उपसचिव हसन अल ओबैदलीले कतारमा रहेका विभिन्न दूतावास र प्रवासी समुदायका अगुवाहरूलाई फिफा विश्वकपको पहिलो संस्करणको सफलता सुनिश्चित गर्न आफ्ना देशवासीहरूलाई स्वयंसेवकमा भर्नाका लागि प्रोत्साहित गर्न आग्रह गरेका छन्।

उपसचिव ओबैदलीले श्रम निर्यात गर्ने देशका दूतावासका प्रतिनिधि र समुदायका अगुवासँगको अन्तरक्रियात्मक भेटमा प्रतियोगिताको उत्कृष्ट सफलता सुनिश्चित गर्नु कतारमा बस्ने सबै कतारी र प्रवासी नागरिकको सामूहिक दायित्व हुने बताएका हुन् ।

‘कतारमा २०२२ फिफा विश्वकपलाई सुचारु र स्मरणीय रूपमा सञ्चालन गर्न धेरै क्षेत्रहरूमा ठुलो संख्यामा स्वयंसेवकहरूको आवश्यकता पर्नेछ। मेगा इभेन्टको आयोजना गर्दा आउन सक्ने चुनौतीलाई सम्बोधन गर्न हामीले मिलेर काम गर्नुपर्नेछ,’ उनले भने ।

स्वयंसेवक भर्ना प्रक्रियालाई सहज बनाउन र सकेसम्म धेरै व्यक्तिहरूलाई सहभागी हुन अनुमति दिन मन्त्रालयले स्वयंसेवा गर्न चाहने कामदारहरूलाई आफ्नो हालको रोजगारदाताहरूसँगको सम्झौताको म्याद सकिएपछि पनि कतारमै बस्न सक्षम बनाउने संयन्त्र प्रदान गर्ने उनले बताए ।

अन्य कम्पनीहरूलाई कानुनी स्थिति प्राप्त गर्न मन्त्रालयले दूतावास, प्रवासी समुदाय र अन्य निकायसँग मिलेर प्रक्रियाको ढाँचामा काम गर्न समन्वय समूह गठन गर्ने र प्राधिकरणले सबै स्वयंसेवकहरूलाई समानुपातिक प्रोत्साहन र अन्य सहयोग उपलब्ध गराउनेमा जोड दिए।

श्रमिकका सरोकारलाई तुरुन्तै सम्बोधन गर्न र उचित समयमा बक्यौता प्राप्त गर्न सामुदायिक संस्थाहरूले मन्त्रालयसँग हात मिलाएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

दूतावासका प्रतिनिधि र सामुदायिक अगुवाहरूलाई तलब ढिलाइ र खानाको व्यवस्था नगर्ने जस्ता कामदारहरूको हितको उल्लङ्घनको बारेमा जानकारी दिन आग्रह गर्दै उनले कानुन उल्लङ्घन गरेको पाइए मन्त्रालयले कारबाही गर्ने चेतावनीसमेत दिए।

देशमा बस्न चाहनेलाई मन्त्रालयले सहयोग गर्ने, अर्को जागिर पाउन, सजिलै सरुवा गर्न र देश छाड्न चाहनेलाई बिना कुनै तनाव बाहिर निस्कन मन्त्रालयले सघाउन सकोस् भनेर उपसचिव ओबैदलीले कामबाट निकालिएका कामदारहरूको जानकारी दिन पनि सुझाए।

मन्त्रालयका सहायक उपसचिव डा मोहम्मद अल मीरले कतार सरकारका तर्फबाट श्रमिकको सबै कानुनी समस्या समाधान गर्न मन्त्रालयले प्रयास जारी राखेको बताउँदै श्रमिकहरूले आरामसँग बाँच्न सक्ने बताए ।

मन्त्रालयले एक कम्पनीबाट अर्को कम्पनीमा सरुवा गर्ने प्रक्रियालाई सहज बनाएको पनि उनले बताए । औद्योगिक क्षेत्रका केही मजदुरले हालै गरेको हडतालबारे मीरले यस्ता घटना दोहोरिन नदिन सरोकारवाला सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

श्रम मन्त्रालयको निरीक्षण विभागका निर्देशक हुसेन अल हबाबीले मन्त्रालयले श्रम शिविर र कार्यस्थलहरूमा श्रमिकहरूको जीवन र कामको अवस्थाको बारेमा प्रत्यक्ष जानकारी प्राप्त गर्न निरीक्षण अभियानलाई तीव्र पारेको जानकारी दिए ।

मन्त्रालयको ठोस् प्रयास र सरोकारवालाको सहयोगका कारण पछिल्लो समय मुलुकमा श्रम उजुरीमा कमी आएको उनले बताए । कतार चेम्बरसँगको सहकार्यमा बिदामा रहेका कामदारलाई नयाँ रोजगारी दिन मन्त्रालयले पुनः रोजगारी पहल गर्ने प्रक्रियामा रहेको उनले बताए ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ८ : ०० बजे

रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हैदराबाद हाउसमा रूसी राष्ट्रपति

‘वर्तमान सरकार असफल भइसक्यो, जेन-जीहरूलाई धोका दियो’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेन-जी

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

काठमाडौं– गत आर्थिक वर्ष २०८१-८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक

झापाको ऐतिहासिक एवम् धार्मिक स्थल किचक बध (तस्बिरहरू)

काठमाडौं– झापा जिल्ला भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल

हेटौंडामा सडक संरक्षण सुरु, होटल व्यवसायीलाई नयाँ बुकिङ नराख्न अनुरोध

काठमाडौं– सडक डिभिजन हेटौंडाले हेटौंडामा सडक संरक्षण सुरु गर्न लागेको