'अर्थतन्त्र खस्केको हो, संकटमै गएको होइन' | Khabarhub Khabarhub

‘अर्थतन्त्र खस्केको हो, संकटमै गएको होइन’

हामी लडे पनि ढल्ने मात्र हो, त्यो भन्दा तल जाने हुँदैन !



अहिले जुन समस्या अर्थतन्त्रमा देखा परेको छ । यसको मार्केटमा अलि अलि ‘कन्फ्युजन’ छ । दुई वटा समस्या देखा परेको छ । एउटा तरलतामा देखिएको संकट र अर्को बाह्य क्षेत्रको सेक्टरमा देखिएको ‘विडिपीमा डिफिसेट’ हो । यो दुई वटा अलग नभएर अन्तरसम्बन्धित भएर एकआपासका कारण र प्रभावका रुपमा छन् । खासगरी तरलतामा संकट भइरहेको छ यसको मुख्य कारण भनेको ‘वियोपी डिफीसेट’ हो ।

वियोपी डिफीसेट भएपछि हाम्रो पैसा बाहिर गयो । अहिले माघ सम्मकै वियोपी डिफीसेट २४० अर्ब रुपैयाँ । घाटा हुनु भनेको यो पैसा बाहिर जानु हो । गाग्रीबाट पानी चुहियो र तरलता अभाव भयो । यो संकेत जेठ महिनामै देखिएको थियो । १५ अर्बले वियोपी डिफीसेट भइसकेको थियो । घट्ने क्रम चाँही गत पुष माघ बाट सुरु भएको थियो । जब अलिकति रिकोभरी सुरु भयो लकडाउन खुकुलो बनायो । त्यसपछि ईन्पुट बढ्दै गयो । अन्तरसम्बन्ध कसरी छ भने कर्जा र ईन्पुटको सम्बन्ध छ ।

कर्जाले ईन्पुट फाइनान्स गर्यो र ईन्पुट बढ्दै गयो । कर्जा कतिपय प्रत्यक्ष कर्जा ईन्पुट कर्जा पनि हुन सक्छ । त्यो ईन्पुट कर्जामै जान्छ । कतिपय कर्जाहरु एक दुई चरण चक्कर मारेपछि फेरि ईन्पुटमै खर्च हुन्छ । चाहे कृषिमा होस् वा उद्योगमा होस् । कतिपय प्रत्यक्ष अप्रत्यक्ष ईन्पुटमै जाने हुनाले यसले ईन्पुट फ्यूल गर्दै गयो ।

ईन्पुट एकदमै उच्च भएर सामान्य १२० वा १२५ अर्ब हुनेमा मंसिरमा गएर एक सय अठासी अर्ब ईन्पुट भईदियो । पुषमा आएर एक सय साठी अर्ब, माघमा अलिकति घटेर १४८ अर्ब आयो । फागुनमा फेरी १६० अर्ब भयो । चैतको अहिलेको प्राराम्भिक डाटाले १७० पुग्ने देखिएको छ । चुनाव थप बढ्ने देखिन्छ ।

ईन्पुट बढ्दै जाँदाखेरी रेमिट्यान्स ‘प्रि–कोभिड लेभल’मै छ । कोभिडको बेला अलि बढि आयो । त्यो भन्दा अघिल्लो बर्ष भन्दा यो वर्ष कम आएको छैन । तर ईन्पुट बढ्दा खेरी ‘फरेन अकाउन्ट’ घाटामा गयो । फरेन अकाउन्ट घाटालाई थाम्न नसक्ने गरी फाइनान्सियल अकाउन्टमा आएन । त्यसले गर्दा रिजर्भमा भएको पैसा खर्च भएर हाम्रो वियोपी घाटा भयो ।

वियोपी घाटाले फ्लेक्सन बैंकिङ सेक्टरमा तरलता अभाव भएको स्थिती छ । तरलता अभाव भएपछि व्याजदर बढ्ने नै भयो । मेकानिज्म करेक्सनको रुपमा व्याजदर बढ्नुपर्छ । अझ जति ढंगमा बढ्नुपर्ने हो, त्यति मात्रले बढिरहेको छैन । मार्केटमा फिक्सन भइरहेको छ । नीति इनफ्लेक्सनको रुपमा भइरहेको छ । यसको सबै लोड उद्योगहरुले लिनुपरेको स्थिती छ । जुन समायोजन संयन्त्र असन्तुलन भइरहेको छ । असन्तुलनको समायोजन यसले लिनुपर्ने छ ।

यो अवस्था भएको हुँदा अहिले ६ दशमलव ७ महिनाको वस्तु तथा सेवा धान्न सक्ने छ । फाइनान्सियल रिर्जभले फाइनान्सियल एसेट पनि छ । सुन एसटीआर होल्डिङ पनि समावेश गर्यो भने ७ दशमलव ४ महिनासम्म वस्तु तथा सेवा आयात धान्न सक्ने छ । साधारणतया हामीले फरेक्सन रिजर्भलाई हेर्छौ । हामीले सात महिनाको लक्ष्य राखेको थियो ।

तर त्यो भन्दा घट्यो । तर अलिकति यसले दबाब सिर्जना गरेर यसमा हामीले चर्चा परिचर्चा गरेका छौँ । यो आफैमा एकदमै कम आएको स्थिती होइन । साधारणतया ट्रेड अकाउन्टलाई मात्र हेर्ने हो भने परम्परागत तीन महिनाको लक्ष्य हो । पछि हामीले विभिन्न किसिमका फ्लो क्यापिटल फ्लो, ऋण फ्लो हुने र त्यसको पनि भुक्तानी गर्नुपर्ने हुनाले थप मार्जिन राखेर छ सात महिनासम्म गरेको हो । त्यसकारण यो एकदमै बटममै गएको संकटमै गएको भने होइन । तर यो धेरै राख्ने चिज पनि होइन ।

हाम्रो बाह्र तेह्र चौध महिना भयो त्यो पनि हाम्रो ‘ईनइफिसियन्सी’ हो । हामीले रिटर्न आउने कुरा नगरेर बाहिर एकदमै न्यून व्याजदरमा गरेको थियौँ । त्यो पनि ईफिसियन्सी होइन । यसलाई सन्तुलन गर्नुपर्ने हुन्छ । यसलाई सन्तुलन गरेर तल खस्किन नदिने हो भने यो ‘इष्टतम’ स्तर हो । यसलाई धेरै लिएर पनि बस्नु उपयुक्त चाँहि होइन । तर सन्तुलन हुन्छ की हुँदैन भन्ने चाँहि मुख्य प्रश्न रहेको छ ।

यो सन्तुलन हुन्छ की हुन्न भनेर नेपाल सरकार तथा राष्ट्र बैंक अत्तालिएको अवस्था छ । हामीसँग निर्यात आधार कमजोर छ । रेमिट्यान्स एउटा ढंगले आइरहेको छ । जुन ईन्पुटको मुल्य उच्च भएको छ । इन्पुट किन आइरहेको छ भन्ने प्रश्न पनि आइरहेको छ । इन्पुट कोरोनाको बेला अलिकति घट्यो त्यसको ग्याप पनि आइरहेको छ । अर्को रिकोभरीको आइरहेको छ ।

 

अर्को चाहि सम्भावित भविष्यको स्टकिङ गर्न पनि आईरहेको छ । लामो समयसम्म बढिरहेको छ । हामीले अनुसन्धान गर्दा यति लामो उच्च समयसम्म जाँदैन लागिरहेको थियो । तर चुनावसम्म निरन्तर जाने सम्भावना देखिन्छ । ईन्पुटको वृद्धि निरन्तर हुने देखिएकाले यो थप रिजर्भ दबाब दिने सम्भावना देखिन्छ । यसकारण हामीले कसरी गर्न सकिन्छ भन्ने चर्चा परिचर्चा भएको छ । विभिन्न ईस्युहरु विकसित भएको छ ।

अहिलेको समस्या समाधान गर्न दुई वटा समस्या वियोपी र तरलताको समाधान गर्ने उपाय भनेको फरेन करेन्सीको ‘इन्फ्ल्यु’ चाँहि बढाउने र आउटपुट चाँही घटाउनु पर्छ । यसलाई मुल मन्त्र मानेर त्यसभित्र छिर्नुपर्छ । कसरी ‘इन्फ्लो’ बढाउने र आउटपुटलाई घटाउने अल्पकालीन, मध्यकालीन, दीर्घकालीन योजना बनाएर जानुपर्ने हुन्छ ।

पछिल्लो समयमा जुन ढंगले हाम्रो अर्थतन्त्र विकास भइरहेको छ । जुन ढंगले रुपान्तरण भइरहेको छ । र, जुन ढंगले हाम्रो उत्पादनको ढाँचा परिवर्तन गर्न सकेको छैन । यसले शिथिल हुँदै गएको छ । हाम्रो अर्थतन्त्रमा पछिल्लो चरण देखासिकीले गर्दा एकदमै खपत एमदमै बढ्दै गएको छ । संगठनहरु बढ्दै गएको छ ।

उर्वर जमीनहरु बाँझा छन् । कृषिजन्य चीजहरु पनि आयात गर्नुपरेको स्थिती छ । हामी खुला अर्थतन्त्रमा भएको अवस्थामा बाह्य क्षेत्रबाट बाहिर जान पनि सक्दैनौँ । हामी जतिसुकै वृद्धिको चाहना गरेपनि भुक्तानी सन्तुलनले समावेश गर्दिन्छ । हामी दगुर्न खोज्यो भने बाह्य क्षेत्रले खुट्टा तानी हाल्छ ।

किनभने हामी सबै ईन्पुट बेश गरिरहेका हुन्छौँ । कुखुरामा हामी आत्मनिर्भर भनेको छ । तर सत्तरी असी प्रतिशत दानाको लागी ईन्पुट बाहिरबाट आउँछ । पर्यटनमा पनि होटलमा प्रयोग हुने खानेकुरा अधिकांश बाहिरबाट ल्याउँछौ । हाम्रो अर्थतन्त्र बटममा चाँहि पुगेको हो तर डराइहाल्ने स्थितीमा चाँही छैन । हामी अहिले ईनारको डिलमा छौ । डिलबाट तर्किनु पर्ने चाँहि छ । तर खसिसकेको अवस्थामा भने छैनौँ । हामी यसमा सुरक्षित नै छौँ ।

श्रीलंका मध्यम आय भएको देश हो । हामी न्यून आय भएको देश भएको हुनाले अनौपचारिक सेक्टर हुँदा पनि सजिलो के हुन्छ भने हामी भुईतहमा लडे पनि ढल्ने मात्र हुन्छ । योे भन्दा तल जाने स्थिती चाँही हुदैन । हामी होसियारी हुने अवस्थामा चाँहि छौँ । हामीले सहमतिमा विभिन्न व्यक्तिहरु, संस्थाहरु, समूहहरुको बीचमा सहमतिमा के गर्ने भन्ने कुराको मार्ग चित्र बनाउनुपर्छ । अन्यथा बिग्रेपछि बिग्री हाल्छ । बिग्रिने बाटोमा हिड्न सजिलै हुन्छ । यसमा हामीले ध्यान दिनुपर्छ ।

(खबरहबद्वारा आयोजित ‘अहिलेको आर्थिक संकट र समाधानको उपाय’ विषयक अन्तर्क्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले राखेको धारणाको सम्पादित अंश)

(प्रस्तुती : पासाङ लामा ह्योल्मो)

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  १० : १८ बजे

बाली लगाउने बेला किसानलाई बिउकै चिन्ता

महोत्तरी – जब नयाँ बाली लगाउने बेला भयो, किसानलाई बिको

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर १ गते शनिबार सन्

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल मंसिर १ गते शनिबार तदनुसार

आज २०८१ साल मंसिर १ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर १ गते शनिबार तदनुसार

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन