रुसद्वारा अमेरिकी कांग्रेसका ३ सय ९८ सदस्यमाथि प्रतिबन्ध | Khabarhub Khabarhub

रुसद्वारा अमेरिकी कांग्रेसका ३ सय ९८ सदस्यमाथि प्रतिबन्ध


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि आक्रमणलाई लिएर वाशिङ्टनले चालेका दण्डात्मक कदमको बदलास्वरूप रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गरिने योजना छ’, विज्ञप्ति जारी गर्दै रुसी विदेश मन्त्रालयले जनाएको छ । उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

त्यस्तै, रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाएको रेडियो फ्रि युरोप रेडियो लिबर्टीले जनाएको छ । क्यानडाको ‘अदूरदर्शी’ नीतिहरूको जवाफमा थप कदम चालिने विदेश मन्त्रालयले चेतावनी दिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरूले विभिन्न प्रतिबन्धहरू लगाएका थिए । त्यसको बदलामा रुसले पनि ति देशहरूमाथि प्रतिबन्ध लगाएको हो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ११ : २९ बजे

नेपालका बारेमा सकारात्मक प्रचार गर्न सभामुखको आग्रह

काठमाडौं– सभामुख देवराज घिमिरेले राष्ट्रियता फरक भए पनि मातृ तथा

बसको ढोकबाट खसेर एक जनाकाे मृत्यु

स्याङ्जा– वालिङ नगरपालिका-१३ बायाटारीस्थित सडकमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु.१ ख ६८९७

कोशी प्रदेशसभाको सचिवमा पुन: पराजुली नियुक्त

विराटनगर- कोशी प्रदेश सभाको सचिवमा गोपाल प्रसाद पराजुली पुन: नियुक्त भएका

दोस्रो जिरी महोत्सव सम्पन्न

दोलखा– गत चैत २३ गतेदेखि सुरु भएको दोस्रो जिरी महोत्सव

निगमले बुझायो किस्तावापतको ५३ करोड

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न