रुसद्वारा अमेरिकी कांग्रेसका ३ सय ९८ सदस्यमाथि प्रतिबन्ध « Khabarhub

रुसद्वारा अमेरिकी कांग्रेसका ३ सय ९८ सदस्यमाथि प्रतिबन्ध


१ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनमाथि आक्रमणलाई लिएर वाशिङ्टनले चालेका दण्डात्मक कदमको बदलास्वरूप रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।

‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गरिने योजना छ’, विज्ञप्ति जारी गर्दै रुसी विदेश मन्त्रालयले जनाएको छ । उनीहरूलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको जनाइएको छ ।

त्यस्तै, रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरूमाथि पनि प्रतिबन्ध लगाएको रेडियो फ्रि युरोप रेडियो लिबर्टीले जनाएको छ । क्यानडाको ‘अदूरदर्शी’ नीतिहरूको जवाफमा थप कदम चालिने विदेश मन्त्रालयले चेतावनी दिएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरूले विभिन्न प्रतिबन्धहरू लगाएका थिए । त्यसको बदलामा रुसले पनि ति देशहरूमाथि प्रतिबन्ध लगाएको हो ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ११ : २९ बजे

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित

लोकेशको विष्फोटक ब्याटिङमा विराटनगरले कर्णालीलाई दियो १ सय ८७ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स