युक्रेनको नेप्चुन क्षेप्यास्त्र आक्रमणमा रुसको मोस्कवा युद्धपोत क्षतिग्रस्त « Khabarhub

युक्रेनको नेप्चुन क्षेप्यास्त्र आक्रमणमा रुसको मोस्कवा युद्धपोत क्षतिग्रस्त


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी आक्रमणका कारण कृष्ण सागर स्थित रुसी युद्धपोत क्षतिग्रस्त भएको छ । बीबीसीका अनुसार युक्रेनी पक्षले १८६ मिटर लामो नेप्चुन क्षेप्यास्त्र प्रहार गरी रुसी फौज अन्तर्गत कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोत मोस्कवा युद्धपोतलाई क्षतिग्रस्त पारेको दाबी गरेको हो ।

क्षतिग्रस्त युद्धपोतमा ५ सय १० जहाजीहरु फसिरहेको हुनसक्ने युक्रेनी पक्षको भनाइ छ । युक्रेनी राष्ट्रपति ओलेक्सेई अरेस्तोभिचका अनुसार युद्धपोतमा फसेका जहाजीहरुको उद्धारका लागि अझै रुसी उद्धारकर्ताहरू पुग्न सकेका छैनन् ।

‘स्नेक टापुका हाम्रा सीमा रक्षकले जहाँ पुर्‍याउनु पर्ने हो, मोस्कवा मिसाइल क्रुजर त्यहीँ पुगेको छ’, ओदेसा क्षेत्रका गभर्नर माक्सिम मार्चेन्कोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युद्धको सुरुआती दिनहरूमा कृष्ण सागरमा अवस्थित युक्रेनको स्नेक टापुमा रहेका युक्रेनी सीमा रक्षकहरुले मोस्कवाबाट प्राप्त आत्मसमर्पणको प्रस्ताव अस्वीकार गर्दै रुसी युद्धपोतलाई ‘नर्क जान’ भनेका थिए ।

यता रुसी रक्षा मन्त्रालयले पनि युद्धपोत क्षतिग्रस्त भएको स्वीकार गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै मोस्कवामा ‘गम्भीर क्षति पुगेको’ जनाएको छ ।

बीबीसीका अनुसार विज्ञप्तिमा भनिएको छ,– युद्धपोतमा आगलागीका कारण मोस्कवाका गोलाबारुदमा विष्फोट भएको छ ।’ यद्यपि के कारणले युद्धपोतमा आगलागी भएको भन्ने रुसी रक्षा मन्त्रालयले केही खुलाएको छैन ।

‘जहाजमा गम्भीर क्षति पुगेको छ । सबै चालक दलका सबै सदस्यको उद्धार गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान जारी छ ।’ विज्ञप्तिमा जनाइएको छ ।

१९८० को दशकको शुरुमा तत्कालीन सोभियत संघमा निर्मित युद्धपोतलाई सुरुआती चरणमा स्लाभा नाम दिइएपनि पछि नाम परिवर्तन गरेर मोस्कवा राखिएको बीबीसीले जनाएको छ । सन् २००० ताका मात्रै कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोतका रुपमा तैनाथ गरिएको थियो ।

युद्धपोत भेदी भुल्कान पी–१००० क्षेप्यास्त्र जडित यो युद्धपोत सिरियामा रुसी सैनिक कारवाहीका क्रममा पनि महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  १२ : ०५ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा