युक्रेनको नेप्चुन क्षेप्यास्त्र आक्रमणमा रुसको मोस्कवा युद्धपोत क्षतिग्रस्त « Khabarhub

युक्रेनको नेप्चुन क्षेप्यास्त्र आक्रमणमा रुसको मोस्कवा युद्धपोत क्षतिग्रस्त


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनी आक्रमणका कारण कृष्ण सागर स्थित रुसी युद्धपोत क्षतिग्रस्त भएको छ । बीबीसीका अनुसार युक्रेनी पक्षले १८६ मिटर लामो नेप्चुन क्षेप्यास्त्र प्रहार गरी रुसी फौज अन्तर्गत कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोत मोस्कवा युद्धपोतलाई क्षतिग्रस्त पारेको दाबी गरेको हो ।

क्षतिग्रस्त युद्धपोतमा ५ सय १० जहाजीहरु फसिरहेको हुनसक्ने युक्रेनी पक्षको भनाइ छ । युक्रेनी राष्ट्रपति ओलेक्सेई अरेस्तोभिचका अनुसार युद्धपोतमा फसेका जहाजीहरुको उद्धारका लागि अझै रुसी उद्धारकर्ताहरू पुग्न सकेका छैनन् ।

‘स्नेक टापुका हाम्रा सीमा रक्षकले जहाँ पुर्‍याउनु पर्ने हो, मोस्कवा मिसाइल क्रुजर त्यहीँ पुगेको छ’, ओदेसा क्षेत्रका गभर्नर माक्सिम मार्चेन्कोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युद्धको सुरुआती दिनहरूमा कृष्ण सागरमा अवस्थित युक्रेनको स्नेक टापुमा रहेका युक्रेनी सीमा रक्षकहरुले मोस्कवाबाट प्राप्त आत्मसमर्पणको प्रस्ताव अस्वीकार गर्दै रुसी युद्धपोतलाई ‘नर्क जान’ भनेका थिए ।

यता रुसी रक्षा मन्त्रालयले पनि युद्धपोत क्षतिग्रस्त भएको स्वीकार गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै मोस्कवामा ‘गम्भीर क्षति पुगेको’ जनाएको छ ।

बीबीसीका अनुसार विज्ञप्तिमा भनिएको छ,– युद्धपोतमा आगलागीका कारण मोस्कवाका गोलाबारुदमा विष्फोट भएको छ ।’ यद्यपि के कारणले युद्धपोतमा आगलागी भएको भन्ने रुसी रक्षा मन्त्रालयले केही खुलाएको छैन ।

‘जहाजमा गम्भीर क्षति पुगेको छ । सबै चालक दलका सबै सदस्यको उद्धार गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान जारी छ ।’ विज्ञप्तिमा जनाइएको छ ।

१९८० को दशकको शुरुमा तत्कालीन सोभियत संघमा निर्मित युद्धपोतलाई सुरुआती चरणमा स्लाभा नाम दिइएपनि पछि नाम परिवर्तन गरेर मोस्कवा राखिएको बीबीसीले जनाएको छ । सन् २००० ताका मात्रै कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोतका रुपमा तैनाथ गरिएको थियो ।

युद्धपोत भेदी भुल्कान पी–१००० क्षेप्यास्त्र जडित यो युद्धपोत सिरियामा रुसी सैनिक कारवाहीका क्रममा पनि महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  १२ : ०५ बजे

सुदूरपश्चिमका क्रिस लिनको ब्याटिङ चल्दा चितवनले पायो १७० रनको लक्ष्य

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

त्रिवेणी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको

७५ रन जोडेर सूदरपश्चिमका क्रिस ‘रिटायर्ड आउट’

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

मधेसका ४०३ परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही– सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमबाट मधेसका ४०३ परिवार लाभान्वित

यथास्थितिमा एमाले चल्न सक्दैन, नयाँ नेतृत्व आउनुपर्छ : गोकुल बास्कोटा

काठमाडौं– सुरूमा एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासिला पात्र पूर्वपत्रकार