सेलेब्स रिभ्यु : ‘ए मेरो हजुर ४’ हाम्रोसँगै राम्रो फिल्म हो « Khabarhub

सेलेब्स रिभ्यु : ‘ए मेरो हजुर ४’ हाम्रोसँगै राम्रो फिल्म हो


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रिलिजको पूर्व सन्ध्यामा नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को प्रिमियर गरिएको छ ।

No description available.

बुधबार काठमाडौँको बिग मुभिजमा गरिएको प्रिमियरमा नेपाली फिल्मकर्मी र सञ्चारकर्मीको राम्रो भिडभाड रहेको थियो । अनमोल केसी , सुहाना थापा , सलोन बस्नेत , सरोज खनाल लगायतको अभिनय रहेको प्रेम कथामा आधारित फिल्मलाई सेलेब्सले रुचाएका छन् । उनीहरुले फिल्म हेरिसकेपछि मिडियालाई मात्र प्रतिकिया दिएका छैनन् । सोसल मिडियामा पनि फिल्म बारे बोलिरहेका छन् । यो फिल्म नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि प्रदर्शनरत छ ।

No description available.

प्रिमियरमा नेपाली फिल्म क्षेत्रका कलाकार, निर्माता, निर्देशक र पत्रकार उपस्थित थिए । कलाकारहरु नीर शाह, भुवन केसी, सरोज खनाल, रविन्द्र खड्का, रवि गिरी, दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, स्वस्तिमा खड्का, दयाहाङ राई , रविन्द्र झा, निर्मल शर्मा, निता ढुंगाना, हरिहर अधिकारी, आश्मा विश्वकर्मा, सरोज अधिकारी लगायत कलाकारहरुको उपस्थिति थियो । यस्तै माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, र्‍यापर बालेन शाह पनि प्रिमियरमा उपस्थित थिए ।

No description available.

झरना थापाले निर्देशन गरेको ‘ए मेरो हजुर ४’ हेरेपछि अनमोलको भूमिकालाई रुचाइएको छ । अनमोलले अभिनयमा पनि सुन्दरता थपेको प्रतिक्रिया मिलिरहेको छ । यस्तै , सुहानाले निर्वाह गरेको भूमिकालाई जीवन्त बनाउन सफल भएको प्रतिक्रिया दिएका छन् ।’अनमोलको अभिनयमा अझै निखारता आएको छ भने सुहाना राइजिङ स्टार नै हुन्’ अधिकांसको प्रतिक्रिया यस्तै छ ।

No description available.

‘अघिल्लो सिरिज भन्दा यो राम्रो छ । कथाले मन छोयो’ अभिनेता हरिहर अधिकारीले फिल्म हेरेपछि प्रतिक्रिया दिए । सँगै रहेकी अभिनेत्री निता ढुंगानाले पनि फिल्ममा कलाकारले राम्रो अभिनय गरेको प्रतिक्रिया दिइन् ।’मलाइ कथा, छायांकन निकै मन पर्‍यो । अनमोलले अभिनयमा निकै निखारता ल्याएका छन् । अनमोल पपुलर आर्टिस्टबाट राम्रो अभिनेता बनेका छन्” निताले भनिन् । उनीहरुले फिल्म हलसम्म आएर हेर्न आग्रह गरे ।

No description available.

स्वस्तिमा खड्काले पनि आफूलाई फिल्मले छोएको बताइन् ।’फिल्मको कथाले मलाइ छोयो । अघिल्लो सिरिज भन्दा राम्रो बनेकोमा कुनै शंका छैन । यो हाम्रोसँगै राम्रो फिल्म हो” स्वस्तिमाले भनिन् । स्वस्तिमाकै कुरामा सहमत भइन , केकी पनि ।’यो राम्रो नेपाली फिल्म हो , त्यसैले हलसम्म आउँदा समय खेर जाँदैन। अनि कलाकारको अभिनयले हामीलाई पात्र महसूस गराउँछ” केकीले भनिन् ।

फिल्मले मन छोएको प्रतिक्रिया दिइन्, करिश्मा मानन्धरले । उनले फिल्मको कलाकारले पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया दिइन् ।’झरनाले कलाकारको भाव मार्फत फिल्मको दृश्यलाई तयार गर्छिन् । फिल्म हेर्दा मेरो आँखा रसाए” उनले भनिन् । निर्माता अशोक शर्माले ए मेरो हजुर ४ ले विदेशी फिल्मलाई टक्कर दिन सक्ने बताए ।

‘नेपाली फिल्मको मेकिङ्गसँगै कथा भन्ने शैलीमा पनि निखारता आएको छ । यो फिल्म आफैँमा बलियो छ’ अशोकले भने । उनीसँगै रहेका उनका छोरा अंकित शर्माले पनि यो फिल्मले युवालाई निराश नबनाउने प्रतिक्रिया दिए । यस्तै, अनमोल केसीले पाइरहेको प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको बताए । ‘मैंले पाएको प्रतिक्रियाले उत्साहित छु। दर्शकले पनि मन पराउनु हुनेछ भन्ने विश्वास बढेको छ अनमोलले भने ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ३ : ०९ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६