आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या १२३ पुग्यो « Khabarhub

आँधीबाट फिलिपिन्समा मृत्यु हुनेको संख्या १२३ पुग्यो


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्समा आँधीपछि आएको बाढी र पहिरोमा परी ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ । सिंगापुरबाट प्रसारण हुने च्यानल न्युज एसिया सिएनएले जनाएअनुसार मेगी नामक आँधीपछि निम्तिएको विनाशका कारण अरु २३६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमध्ये अधिकांश बेबे शहर र आसपासका रहेको जनाइएको छ । बेबे शहर र आसपासका क्षेत्रमा मात्रै ८६ जनाले ज्यान गुमाएका छन् ।

आँधी प्रभावित १ लाख ६२ हजार विस्थापित भएको र अरु ४१ हजार आफन्तको शरणमा रहेको सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै सिएनएले जनाएको छ ।

आइतबार ६५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण फिलिपिन्सको लेटे प्रान्तमा सबैभन्दा नराम्रो विनाश निम्त्याएको बताइएको छ ।

सिएनएका अनुसार फिलिपिनी सेनाले खोजी र उद्धार कार्यलाई नरोक्ने दृढता व्यक्त गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै फिलिपिनी सेनाको बेबे शहरमा रहेको सैनिक एकाइले ‘खोजी, उद्धार र पुनःसंरचनाको अभियानलाई निरन्तरता दिने’ जनाएको हो ।

७ हजार ६ सयभन्दा धेरै टापुहरु मिलेर बनेको फिलिपिन्समा हरेक वर्ष २० भन्दा धेरै आँधी आउने बताइन्छ 

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  १ : १९ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका