श्रीलंकामा प्रदर्शनकारीद्वारा वार्ताको प्रस्ताव अस्वीकार « Khabarhub

श्रीलंकामा प्रदर्शनकारीद्वारा वार्ताको प्रस्ताव अस्वीकार


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा प्रदर्शनकारीले वार्ता गर्न प्रधानमन्त्री महिन्दा राजपाक्षेले गरेको आग्रह अस्वीकार गरेका छन् । श्रीलंकाको गल्ले शहरमा ‘गोता गो गामा’ नामक सरकार विरोधी आन्दोलन चलाइरहेका प्रदर्शनकारीले वार्ताको प्रस्ताव अस्वीकार गरेको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

वार्ता प्रस्तावको जवाफमा प्रदर्शनकारीले सरकारसमक्ष दुई माग पेश गरेको जनाइएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा दिनुपर्ने र श्रीलंकाको सरकारमा रहेका राजपाक्षे परिवारका सबै सदस्यले पनि राजीनामा दिनुपर्ने माग राखेका हुन् ।

यसअघि प्रधानमन्त्री राजपाक्षेले गल्लेको फेस ग्रिनमा सरकारविरोधी प्रदर्शनमा सहभागी युवाहरुसमक्ष वार्ताको प्रस्ताव गरेका थिए । मुलुकमा जारी संकटग्रस्त अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्रीले वार्ताको प्रस्ताव गरेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

प्रस्तावको जवाफमा प्रदर्शनकारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा नदिएसम्म र राजपाक्षे परिवारका सबै सदस्यले सरकार नछाडेसम्म आफूहरुको प्रदर्शन नरोकिने जनाएका हुन् ।

हाल श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षे र प्रधानमन्त्री महिन्दा राजपाक्षेसहित चमल राजपाक्षे, बसिल राजपाक्षे, नमल राजपाक्षे, शशिन्द्र राजपाक्षे र निपुना रनवाकालगायत राजपाक्षे परिवारका सदस्यहरुको सरकार र संसद्‍मा सहभागिता रहेको बताइएको छ ।

चरम आर्थिक संकट र अत्यावश्यक वस्तुको अभावका कारण हाल श्रीलंकाभर सरकारविरोधी प्रदर्शन चर्किरहेको अवस्थामा प्रदर्शनकारीले वार्ताको प्रस्ताव अस्वीकार गरेका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  २ : १३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर