श्रीलंकामा प्रदर्शनकारीद्वारा वार्ताको प्रस्ताव अस्वीकार | Khabarhub Khabarhub

श्रीलंकामा प्रदर्शनकारीद्वारा वार्ताको प्रस्ताव अस्वीकार


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा प्रदर्शनकारीले वार्ता गर्न प्रधानमन्त्री महिन्दा राजपाक्षेले गरेको आग्रह अस्वीकार गरेका छन् । श्रीलंकाको गल्ले शहरमा ‘गोता गो गामा’ नामक सरकार विरोधी आन्दोलन चलाइरहेका प्रदर्शनकारीले वार्ताको प्रस्ताव अस्वीकार गरेको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

वार्ता प्रस्तावको जवाफमा प्रदर्शनकारीले सरकारसमक्ष दुई माग पेश गरेको जनाइएको छ । प्रदर्शनकारीले राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा दिनुपर्ने र श्रीलंकाको सरकारमा रहेका राजपाक्षे परिवारका सबै सदस्यले पनि राजीनामा दिनुपर्ने माग राखेका हुन् ।

यसअघि प्रधानमन्त्री राजपाक्षेले गल्लेको फेस ग्रिनमा सरकारविरोधी प्रदर्शनमा सहभागी युवाहरुसमक्ष वार्ताको प्रस्ताव गरेका थिए । मुलुकमा जारी संकटग्रस्त अवस्थालाई ध्यानमा राख्दै प्रधानमन्त्रीले वार्ताको प्रस्ताव गरेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

प्रस्तावको जवाफमा प्रदर्शनकारीले प्रधानमन्त्रीलाई पत्र लेख्दै राष्ट्रपति गोताबाया राजपाक्षेले राजीनामा नदिएसम्म र राजपाक्षे परिवारका सबै सदस्यले सरकार नछाडेसम्म आफूहरुको प्रदर्शन नरोकिने जनाएका हुन् ।

हाल श्रीलंकामा राष्ट्रपति गोताबाया राजपाक्षे र प्रधानमन्त्री महिन्दा राजपाक्षेसहित चमल राजपाक्षे, बसिल राजपाक्षे, नमल राजपाक्षे, शशिन्द्र राजपाक्षे र निपुना रनवाकालगायत राजपाक्षे परिवारका सदस्यहरुको सरकार र संसद्‍मा सहभागिता रहेको बताइएको छ ।

चरम आर्थिक संकट र अत्यावश्यक वस्तुको अभावका कारण हाल श्रीलंकाभर सरकारविरोधी प्रदर्शन चर्किरहेको अवस्थामा प्रदर्शनकारीले वार्ताको प्रस्ताव अस्वीकार गरेका हुन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  २ : १३ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु