अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम रोकिएको छैन : अध्यक्ष प्रचण्ड « Khabarhub

अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम रोकिएको छैन : अध्यक्ष प्रचण्ड


१ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम नरोकिएको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला पनि माओवादीलाई सखाप पार्न भ्रम छर्दै प्रतिकृयावादीहरुले घेरा हाल्ने गरेको र त्यो क्रम अहिले पनि जारी रहेकाले माओवादी एक भएर प्रतिरोध गर्नुपर्ने बताए ।

प्रचण्डले नेकपाका नेताहरुसंग छलफल भइरहेको भन्दै नेकपाको सिङ्गो टिमलाई पार्टीमा एकताबद्ध गराउने वातावरण बन्दै गएको दाबी गरे ।

उनले नेकपाका केही नेताहरु अझै पनि जेलमा रहेको भन्दै उनीहरुलाई जेलबाट छुटाउन आफूले पहल गरिरहेको जानकारी दिए। उहाँले छरिएर रहेका माओवादीहरु एक भएर प्रतिक्रियावादीलाई प्ररास्त गर्नुपर्ने धारणा राखे ।

वैज्ञानिक समाजवाद तर्फको यात्रालाई माओवादीको नेतृत्वमा बलियो बनाउने आधार निर्माण आधार तयार भएको उनले बताए । प्रचण्डले एमालेभित्रै ८० प्रतिशतभन्दा बढी इमानदार कम्युनिष्ट रहेको जिकिर गरे । नेतृत्वले भ्रम दिएर बन्दी बनाई राखेका उनीहरुलाई माओवादीले मुक्त गर्नुपर्ने उनले बताए।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले ल्याएको परिवर्तन उल्टाउन देशी विदेशी शक्ति सक्रिय भएर लागिरहेको उल्लेख गरे।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ३ : २८ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय