‘कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले हेर्दैन’– डब्लूएचओ प्रमुख « Khabarhub

‘कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले हेर्दैन’– डब्लूएचओ प्रमुख


१ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले नहेर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुखले टिप्पणी गरेका छन् ।

डब्लूएचओका प्रमुख टेड्रोस अदानोम गेब्रियेससले युक्रेनलाई गरिएको सहयोगको सानो हिस्सामात्र विश्वका अन्य क्षेत्रमा जारी मानवीय संकटले पाउने बताए ।

बीबीसीका अनुसार एक पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वले काला र गोरा मानिसलाई उत्तिकै महत्वले हेर्छ भन्ने मलाई थाहा छैन ।’

‘विश्वमै प्रभाव पार्ने भएका कारण’ युक्रेनलाई सहयोग गर्नु ‘निकै महत्वपूर्ण’ रहेको उनको भनाइ छ । तर इथियोपियाको युद्धग्रस्त टिगरे प्रान्त, यमन, अफगानिस्तान वा सिरियाले यस्तो महत्व नपाएको उनले बताए ।

‘मैले निकै तीखो र इमान्दार भएर भन्नुपर्दा विश्वले मानव जातीलाई समान रुपमा व्यवहार गर्दैन । केही मानिसहरू अरुभन्दा धेरै समान छन् । र मलाई यो भन्दा पीडा हुन्छ । किनकी म यो सब देख्छु । स्वीकार गर्न धेरै गाह्रो भएपनि यो क्रम चलिरहेको छ ।’ उनले भने ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ४ : ३३ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट