‘कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले हेर्दैन’– डब्लूएचओ प्रमुख « Khabarhub

‘कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले हेर्दैन’– डब्लूएचओ प्रमुख


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले नहेर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुखले टिप्पणी गरेका छन् ।

डब्लूएचओका प्रमुख टेड्रोस अदानोम गेब्रियेससले युक्रेनलाई गरिएको सहयोगको सानो हिस्सामात्र विश्वका अन्य क्षेत्रमा जारी मानवीय संकटले पाउने बताए ।

बीबीसीका अनुसार एक पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वले काला र गोरा मानिसलाई उत्तिकै महत्वले हेर्छ भन्ने मलाई थाहा छैन ।’

‘विश्वमै प्रभाव पार्ने भएका कारण’ युक्रेनलाई सहयोग गर्नु ‘निकै महत्वपूर्ण’ रहेको उनको भनाइ छ । तर इथियोपियाको युद्धग्रस्त टिगरे प्रान्त, यमन, अफगानिस्तान वा सिरियाले यस्तो महत्व नपाएको उनले बताए ।

‘मैले निकै तीखो र इमान्दार भएर भन्नुपर्दा विश्वले मानव जातीलाई समान रुपमा व्यवहार गर्दैन । केही मानिसहरू अरुभन्दा धेरै समान छन् । मलाई यो भन्दा पीडा हुन्छ । किनकी म यो सब देख्छु । स्वीकार गर्न धेरै गाह्रो भएपनि यो क्रम चलिरहेको छ ।’ उनले भने ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ४ : ३३ बजे

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित