‘कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले हेर्दैन’– डब्लूएचओ प्रमुख « Khabarhub

‘कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले हेर्दैन’– डब्लूएचओ प्रमुख


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालो र सेतो वर्णका मानिसको पीडालाई विश्वले समान दृष्टिले नहेर्ने विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुखले टिप्पणी गरेका छन् ।

डब्लूएचओका प्रमुख टेड्रोस अदानोम गेब्रियेससले युक्रेनलाई गरिएको सहयोगको सानो हिस्सामात्र विश्वका अन्य क्षेत्रमा जारी मानवीय संकटले पाउने बताए ।

बीबीसीका अनुसार एक पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विश्वले काला र गोरा मानिसलाई उत्तिकै महत्वले हेर्छ भन्ने मलाई थाहा छैन ।’

‘विश्वमै प्रभाव पार्ने भएका कारण’ युक्रेनलाई सहयोग गर्नु ‘निकै महत्वपूर्ण’ रहेको उनको भनाइ छ । तर इथियोपियाको युद्धग्रस्त टिगरे प्रान्त, यमन, अफगानिस्तान वा सिरियाले यस्तो महत्व नपाएको उनले बताए ।

‘मैले निकै तीखो र इमान्दार भएर भन्नुपर्दा विश्वले मानव जातीलाई समान रुपमा व्यवहार गर्दैन । केही मानिसहरू अरुभन्दा धेरै समान छन् । मलाई यो भन्दा पीडा हुन्छ । किनकी म यो सब देख्छु । स्वीकार गर्न धेरै गाह्रो भएपनि यो क्रम चलिरहेको छ ।’ उनले भने ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ४ : ३३ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा