निर्वाचन पर्यवेक्षणका लागि ६५ वटा संस्थाबाट निवेदन « Khabarhub

निर्वाचन पर्यवेक्षणका लागि ६५ वटा संस्थाबाट निवेदन


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तह निर्वाचनमा पर्यवेक्षकका लागि ६५ वटा संस्थाले निवेदन दिएका छन् ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थालाई १५ दिनको समय दिई चैत १३ गते सूचना प्रकाशित गरी आवेदन मागेको थियो ।

‘सो अवधिभित्र ६५ वटा संस्थाबाट विद्युतीय माध्यमद्वारा निवेदन प्राप्त भएको छ,’ आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

निवेदन दिने संस्थाबाट प्रस्तावित पर्यवेक्षकको संख्या २० हजार ४६७ रहेको आयोगले जनाएको छ । तीमध्ये पुरुष ११ हजार ६९४, महिला ८ हजार ४८२ र अन्य २९१ जना रहेका छन् ।

निवेदनमाथि जाँचबुझ गरी यथाशीघ्र पर्यवेक्षण अनुमतिसम्बन्धी निर्णय गरिने आयोगले जनाएकाे छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ५ : ४१ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा