सोहेलले भने,’कार्यक्रम हेर्दा महिला र बालबालिकालाई समस्या नहोस्’ « Khabarhub

सोहेलले भने,’कार्यक्रम हेर्दा महिला र बालबालिकालाई समस्या नहोस्’


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी जेठ १४ गते बलिउड अभिनेता सलमान खानको कार्यक्रम काठमाडौँको दशरथ रंगशालामा हुँदैछ ।

२५ देखि ३५ हजार दर्शक उपस्थित हुने अपेक्षा रहेको कार्यक्रम ‘दबंग टुर रिलोडेड’ हो । यसमा सलमानसँगै ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्माको पनि सहभागिता रहनेछ । आयोजक ओडीसी इन्टरटेनमेन्टले बिहीबार गरेको पत्रकार सम्मेलनमा बलिउड अभिनेता तथा सलमान खानका भाइ सोहेल खान पनि उपस्थित थिए । उनको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनीले कार्यक्रमका लागि ओडीसी इन्टरटेनमेन्टसँग सहकार्य गरेको छ ।

‘यो शो हामीले मनोरञ्जनका लागि सुरु गरेका हौँ । त्यसैले हामी यस शो मार्फत आर्टिस्टलाई दर्शकसँग प्रत्यक्ष साक्षात्कार गराउन चाहन्छौँ’ सोहेलले भने, ‘विश्वका हरेक आर्टिस्ट आफ्ना फ्यानलाई प्रत्यक्ष भेट्न चाहन्छन् । किनकी अन्य माध्यमको भेटाइ केवल एकतर्फी हुन्छ ।’ सोहेलले ‘दबंग टुर रिलोडेड’ कार्यक्रमका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन आग्रह गरे । कार्यक्रममा बालबालिका र महिलाहरु पनि उपस्थित हुने भएकाले उनीहरुको सुविधाका लागि स्थानीय प्रशासनले विशेष ध्यान दिनुपर्ने खानले बताए ।

‘सलमान खानको शो भएकाले बालबालिका र महिला आउँछन् । उनीहरुलाई सहज किसिमले शो हेर्ने वातावरण बनाउने दायित्व हाम्रो हो । हामीले उनीहरुलाई शो सुरक्षित तरिकाले हेर्न पाउने व्यवस्था मिलाउनु पर्छ । म यो हृदय देखि नै अनुरोध गर्दछु । हामी अनुशासित रहेर शोलाई इन्जोय गरौँ’ सोहेलले भने ।

उनले आयोजित पत्रकार सम्मेलनमा आफू सगरमाथा हेरेर मात्र फर्किने समेत बताए । ‘बाल्यकालमा आउँदा मैंले एभेरेष्टलाई हेर्न र महसुस गर्न पाइन् । तर, आउँदो महिनामा यहाँ आएपछि म एभरेष्ट नहेरी फर्किनन्” सोहेलले भने । नेपाल आइपुगेका सोहेलले पत्रकार सम्मेलन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग भेटघाट गरेका थिए । मन्त्री आलेले सलमान झैँ सोहेललाई पनि एभरेष्टमा ब्रेकफास्ट गर्न र घुम निम्ता दिएका हुन् । नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको पनि भ्रमण गराउने तयारी मन्त्री आलेको रहेको छ ।

पत्रकार सम्मेलनमा आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले सलमानको कार्यक्रमका लागि ५ हजार, १० हजार र २५ हजार रुपैयाँको टिकट दर तोकिएको बताए । दिउँसो १२ बजे बाट डिजे सेसन सुरु गरिने ‘दबंग टुर रिलोडेड” का लागि बिहान ११ बजेदेखि रंगशालाको गेट खुला गरिनेछ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ६ : २५ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड