नयाँ बर्षमा ‘कैदीको पत्र’ को फस्टलुक्स सार्वजनिक « Khabarhub

नयाँ बर्षमा ‘कैदीको पत्र’ को फस्टलुक्स सार्वजनिक


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयाँ वर्षको अवसर पारेर ‘कैदीको पत्र’ को फस्ट लुक स्वरुप पोस्टर सार्वजनिक गरिएको छ ।

सनमकुमार बैराग निर्देशित फिल्म साहित्यकार स्व. ईश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित रहेर निर्माण भएको हो ।स्कटल्याण्डको क्रिफ,आवरफेल्दी,केनमोर,ओवन,किलिड्ग,ग्लास्कोलगायतका स्थानमा खिचिएको फिल्ममा पटकथा र संवाद निर्देशक बैरागकै रहेको छ ।

यसमा बेलायती कलाकार माडिशन लाजारोश,क्यारी डुड्स,लरेन्स वेस्टवरी,फस्तासका साथमा सुवर्ण थापा, सलिना थापामगर, कुनाल बिश्व, पृथ्वीराज खत्री, चरण प्रधान, मनिष श्रेष्ठ, प्रसुना कँडेल, सुस्मिता थापा, बिभिया श्रेष्ठ, बिजया श्रेष्ठ,कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीले अभिनय गरेका छन् । ३५ प्रतिशत अंग्रेजी भाषामा रहेको फिल्म माया,प्रेम,पारिवारिक सम्बन्ध जस्ता संवेदनशील विषयमा केन्द्रित रहेको जानकारी निर्देशक बैरागले दिएका छन् ।

रामेश्वर कार्कीले खिचेको फिल्मको निर्मातामा हिराल जोशी,नानी हेरा,कैलाश विश्वकर्मा र दील घले छन् । निर्देशक बैरागकै गीत, कविराज गहतराजको कोरियोग्राफी, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन तथा बिनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको फिल्म भिजन संसारको प्रस्तुतिमा बिरञ्जना इन्टरटेन्मेन्ट, महारानी इन्टरटेन्मेन्ट युके र मुभी मेकर्स क्लवले निर्माण गरेको हो । फिल्मलाई नेपालमा वितरण आरआर फिल्मस्ले गर्दैछ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ७ : ४५ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक