वैशाख ३० भित्र प्रहरी समायोजन गर्न मधेश सरकारको अल्टिमेटम | Khabarhub Khabarhub

वैशाख ३० भित्र प्रहरी समायोजन गर्न मधेश सरकारको अल्टिमेटम


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अध्यादेश ल्याएरै भए पनि प्रदेशमा प्रहरी भर्ना गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा बिहीबार नयाँ वर्षको शुभकामना दिने क्रममा मन्त्री साहले संघ सरकारले प्रहरी समायोजन नगरे स्थानीय चुनावपछि अध्यादेश ल्याएरै भए पनि प्रहरी भर्ना प्रक्रिया अघि बढाउने चेतावनी दिएका हुन् ।

उनले वैशाख ३० गतेभित्र प्रहरी समायोजन गर्न संघ सरकारलाई अल्टिमेटम पनि दिएका छन् ।

मन्त्री साहले तीनवटै तहबीचको सम्बन्ध सुमधुर होस् र संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने आफूहरूले अपेक्षा राखेको पनि बताए ।

उनले विधेयक ल्याउँदा बढी समय लाग्ने भएकाले अध्यादेशमार्फत नै अगाडि बढ्ने बताए ।

मन्त्री साहले कर्मचारीको अभावका कारण आफूहरूले राम्ररी काम गर्न नपाएको पनि बताएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ८ : ४९ बजे

रूम हिटरको सही प्रयोग नगरे लिन सक्छ ज्यान 

काठमाडौं– अहिले पुसको चिसो छ । यो चिसोमा गाउँघरतिर आगो

कालीकोट दुर्गम पलाँतामा टेलिकमको टावर

मान्म – कालीकोट दुर्गम पलाँता गाउँपालिकामा नेपाल टेलिकमको टावर सञ्चालनमा

हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या

ललितपुर – ललितपुरको सानेपास्थित वाग्मती करिडोरअन्तर्गत कालोपुलमा सवारी प्रयोगकर्तालाई सचेत

पीएल सिंहको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कांग्रेस कार्यालय सानेपा लगियो

काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका

हारे पनि प्लेअफमा कर्णाली, बाहिरियो काठमाडौं

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणबाट बाहिरिने चौथो टोली