आशिष स्मृति पत्रकारिता पुरस्कार भण्डारीलाई « Khabarhub

आशिष स्मृति पत्रकारिता पुरस्कार भण्डारीलाई


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेपाल पत्रकार महासंघले यो वर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार भगिरथ भण्डारीलाई प्रदान गरेको छ ।

महासंघ इलाम शाखाले हरेक वर्ष वैशाख १ गते प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार २०७९ भण्डारीलाई प्रदान गरेको हो ।

भण्डारीलाई पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले दश हजार रुपैयाँ राशि, दोसल्ला र प्रमाणपत्रले उनलाई पुरस्कृत गरेका थिए ।

कार्यक्रममा इलाम जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, महासंघका १ नम्बर प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, उपाध्यक्षद्वय हिमा चेम्जोङ र लवदेब ढुंगाना, झापा शाखा अध्यक्ष एकराज गिरी, पूर्वकेन्द्रीय उपाध्यक्ष सञ्जय सन्तोषी राईसहित इलाम, झापा र धनकुटाका पत्रकारको सहभागिता थियो ।

कार्यक्रममा डा. देवी क्षेत्री दुलाले आशिष राईले पत्रकारितामा गरेको योगदानको बरेमा चर्चा गरेका थिए ।

तत्कालीन अवस्थामा रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आएका स्वर्गीय आशिष राईको नयाँ वर्ष मनाउँदा २०५९ साल वैशाख १ गते इलामको माई खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

उनकै सम्झनामा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष साबिक मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ९ : ४२ बजे

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह