आशिष स्मृति पत्रकारिता पुरस्कार भण्डारीलाई « Khabarhub

आशिष स्मृति पत्रकारिता पुरस्कार भण्डारीलाई


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेपाल पत्रकार महासंघले यो वर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार भगिरथ भण्डारीलाई प्रदान गरेको छ ।

महासंघ इलाम शाखाले हरेक वर्ष वैशाख १ गते प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार २०७९ भण्डारीलाई प्रदान गरेको हो ।

भण्डारीलाई पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले दश हजार रुपैयाँ राशि, दोसल्ला र प्रमाणपत्रले उनलाई पुरस्कृत गरेका थिए ।

कार्यक्रममा इलाम जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, महासंघका १ नम्बर प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, उपाध्यक्षद्वय हिमा चेम्जोङ र लवदेब ढुंगाना, झापा शाखा अध्यक्ष एकराज गिरी, पूर्वकेन्द्रीय उपाध्यक्ष सञ्जय सन्तोषी राईसहित इलाम, झापा र धनकुटाका पत्रकारको सहभागिता थियो ।

कार्यक्रममा डा. देवी क्षेत्री दुलाले आशिष राईले पत्रकारितामा गरेको योगदानको बरेमा चर्चा गरेका थिए ।

तत्कालीन अवस्थामा रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आएका स्वर्गीय आशिष राईको नयाँ वर्ष मनाउँदा २०५९ साल वैशाख १ गते इलामको माई खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो ।

उनकै सम्झनामा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष साबिक मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ९ : ४२ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा